अलिसा राई फिचर्ड ‘बबाल’ सार्वजनिक

अलिसा राई र भिमफेदी गाइज फिचर्ड म्युजिक भिडियो ‘बबाल’ सार्वजनिक भएको छ । अर्जुन प्रसाद पौडेल र मिना निरौलाको स्वर रहेको गीतमा शब्द जानु कम्बंग लिम्बु र संगीत मिन बिष्टको सुन्न सकिन्छ । गीतलाई एरेन्ज कुमार थापाले गरेका हुन् । सोनाम पाख्रिनले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन महि सिंहको मेकअप,कमल प्रसाईको ड्रोन ,सुशील न्यौपानेको सम्पादन तथा भीएफएक्स देखिन सकिन्छ ।