थापाका २७ एल्बम एकसाथ सार्वजनिक

चर्चित गीतकार बी.बी थापाले एकैपटक २७ वटा म्युजिक एल्बम सार्वजनिक गरेका छन । होटल अन्नपूर्णमा पूर्वउपराष्ट्रपति परमानन्द झाको उपस्थितीमा २७ ओटा एल्बमको एक सय ४५ ओटा गीत एकैसाथ सार्वजनिक गरिएको हो । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ विधामा एकैसाथ एकै व्यक्तिको २७ एल्बम सार्वजनिक गरेर नयाँ कीर्तिमान कायम राख्ने गीतकार थापाको प्रयास रहेको छ ।

२७ वटा एल्बममा विभिन्न चर्चित र नयाँ कलाकारहरुले आफ्नो स्वर दिएका छन। गीतकार बी.बी थापाको एकल शब्द, मनोज चौलागाईको एकल संगीतमा रहेको एल्बम ‘ मायाको डुङ्गा ‘ मा भने नव गायक कौशल राज खड्काको एकल स्वरमा रहेको छ । ‘कति हात’,  ‘ सम्बन्ध ‘ , ‘ राजधानी ‘ , ‘ लभर ब्वाई’ , ‘ चन्द्रागिरी हिल ‘ बोलका ५ वटा गीत यस एल्बममा समावेश छन । एल्बमको एउटा गीत ‘ कति हात ‘ को यसअघि नै भिडियो निर्माण गरि सार्वजनिक गरिसकिएको छ ।