नीता ढुंगाना अभिनित ‘सोच’ फस्टलुक सार्वजनिक

एक्शन लभस्टोरी फिल्म सोचको फस्र्टलुक पोस्टर सार्वजनिक भएको छ । पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशनमा बनेको फिल्म भदौ २० गतेबाट प्रदर्शनमा आउने छ ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको फिल्मको सार्वजनीक तीन डिजाइनका पोस्टरमा अभिनेता द्धय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगानालाई प्रस्तुत गरिएको छ ।

गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको फिल्ममा प्रज्वल,नीता, पुजनका साथमा बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठ,उत्तम केसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

कृष्ण आचार्यको पटकथा,सम्वाद रहेका सोचमा एनबि महर्जनको द्धन्द्ध निर्देशन,रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ ।