भूवनको बोली

- मेराेफिल्म

अभिनेता भूवन केसीलाई हिरोइनसँग नजिक हुने हिरो भन्छन् । भूवनको जीवनमा आएको विवाद पनि हिरोइनसँग नै छ ।

भूवन केसीलाई यूवती प्रेमी भनेर भन्छन् । भूवनको यूवती प्रेम दर्शकलाई पनि कन्ठै छ । भूवन केसी मिस्टर नेपाली फिल्म गर्दैछन् । फिल्ममा भूवन केसीलाई हिरोइन रीमा विश्वकर्माको जोडी बनाइएको छ ।

रीमा र भूवनको जोडी अहिले सुहाउँछ कि सुहाउन्न ? भूवन केसीका छोरा अनमोल केसी नै स्टार छन् । अनमोल केसीसँग रीमाको जोडी सुहाउने होला ।

तर, भूवन केसी नै रीमासँग काम गर्न लागेका छन् । मिस्टर नेपालीमा भूवन केसी र रीमा विश्वकर्मालाई प्रेम गरेको देख्न पाइनेछ ।

भूवनको बोली रीमाप्रति कस्तो छ ? भूवन केसीले मिस्टर नेपालीको कार्यक्रममा रीमा आफ्नो मनपर्ने, बेष्ट अभिनेत्री भनिदिएका छन् । भूवन केसीले रीमालाई नै पहिलो पटक वेष्ट हिरोइन भनेका होलान् त ? भूवनको बोली, जता पनि लपक्कै हो । भूवनले वेष्ट हिरोइन भन्दा रीमा पनि मख्ख । भूवनको बोलीको जादु ।

२०७६ जेठ २० गते १३:१४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *