‘प्रेम गीत ३’ गीतका लागि अडिसन हुदै (फोटो सहित)

फिल्म प्रेम गीत ३ का लागि फिमेल क्यारेक्टर ‘गीत’ का लागि अडिसन भैरहेको छ ।  हिजोबाट सुरु भएको अडिसनमा ६ जनाले भाग लिएका छन् भने आजको अडिसन भर्खरै सुरु भएको छ ।  बाकि ६ जना भोलि सहभागी हुने छन् भने २५ जनाबाट विदेशमा भएका ७ जनाको अडिसन भने भिडियो इमेल गरेर पुर्व निर्धारित तरिकाबाट नै गरिने छ । हिजो अडिसनमा सहभागी भएका समुर्ण प्रतियोगीको प्रस्तुति उत्कृस्ट रहेको निर्माण टिमले बताएको छ । सबै एक से एक रहेको र कोहि कसै बीच पनि धेरै अन्तर रहेको छैन ।

अडिसन पश्चात छानिएका उत्कृस्टलाइ राखेर वर्कशप गराइने छ । सुटिंग हिमाली जिल्लामा हुने भएको कारण स्वास्थ्य अवस्थालाइ समेत ध्यान दिइएको निर्माता, निर्देशक सन्तोष सेनले बताएका छन् ।

निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ निर्देशन गर्न लागेको यो फिल्म छायांकनको तयारीमा रहेको छ । फिल्ममा मुख्य नायकको रुपमा प्रदिप खड्का रहने छन् । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछिको यो निर्माता सेनको यो पाँचौं प्रोजेक्ट हो । प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर पर्दशनमा आउने छ ।