प्रदिपको सोच लभ स्टेशन अघि र पछि

लभ स्टेशन फिल्म चल्न भन्दा अघि अभिनेता प्रदिप खड्काले फिल्ममा काम गर्न लागेको मात्र खबर आएको थियो । रामबाबु गुरुङ, हेमराज वीसी, सुवास गिरी, सुरेन्द्र पौडेलको फिल्म गर्ने खबर आयो ।

कबड्डी कबड्डी कबड्डी, शुभ विवा, भैरवी फिल्मको नाम आयो । प्रदिप खड्काको रिलिज हुने फिल्मको भन्दा नया फिल्मको नाम आयो । प्रदिपलाई अफर आयो पनि ।

लभ स्टेशन हलमा रिलिजमा आएपछि भने सबै नाम किनारा लागे । प्रदिप खड्काको लभ स्टेशन चलेन । यो फिल्म नचलेको मात्र थिएन, चोरीको आरोपमा  फसेको थियो । प्रदिपले निकट मान्छेसँग पुगेर आँशु पनि बगाएर करिअर नै बर्बाद भएको दुख पोखे ।

फिल्म नचलेपछि सबै कुरा बदलियो । फिल्म बनाउन लागेका मान्छेको सोच बदलियो, प्रदिपको सोच पनि बदलियो ।

प्रदिपको दिमागले प्रेमगीत ३ मात्र सोचेको छ । बेला, शुभ विवाह, भैरवी, कबड्डी कबड्डी सबै किनारा लागेका छन् । प्रदिपलाई प्रेमगीत ३ चल्छ र अरु फिल्म गर्छु भन्ने भएको छ । हेमराज वीसको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि काम गर्ने भएकी थिइन् । तर, सबै कुरा किनारा लाग्यो ।

एउटा फ्लप फिल्मले कती फरक पार्दछ जिन्दगीमा भने जस्तै भयो ।