फिल्म ‘मिस्टर नेपाली’मा भुवन र रीमाको प्रेम

देवचुली फिल्मस्को ब्यानरमा फिल्म ‘मिस्टर नेपाली’ निर्माण हुने भएको छ । प्रेमराज दाहालको निर्माणमा तयार हुन लागेको फिल्म देव नारायण भुषालको लेखन तथा निर्देशनमा बन्ने छ ।

फिल्ममा भूवन केसी र रीमा विश्वकर्मा जोडीको रुपमा रहने छन् भने अन्य कलाकार बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तव साहिल श्रेष्ठ र कुसुम राउतको अभिनय रहनेछ । फिल्ममा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ ।