वर्षाको पहिरनमाथि ट्रोल किन ?

अहिले अभिनेत्री वर्षा राउतको पहिरनले सामाजिक संजाल गर्माएको छ । अष्ट्रेलियामा आफ्नो फिल्म ‘जात्रै जात्रा’को प्रदर्शनका लागि पुगेकी वर्षाले त्यहाँको केही तस्विरहरु सार्वजनिक गरिन् । उक्त तस्विरमा वर्षा केही हदसम्म खुलेकी छिन् ।

सामान्य रुपमा हेर्ने हो भने यस तस्विरमा केही अचम्मको कुरा छैन् । तर, अहिले वर्षालाई यो तस्विरले निकै विवादित बनाइरहेको छ । उनी ट्रोलको सिकार भएकी छिन् । वर्षालाई धेरै खुलेको भन्दै विभिन्न ट्रोलहरु आइरहेका छन् ।

के ट्रोल गर्नु पर्ने छ त वर्षाको पहिरन ?

पक्कै छैन् । किनभने यस्तो प्रकारको पहिरन धेरैले लगाउछन् । अन्य नायिकाहरुले पनि यो किसिमको पहिरन लगाउने गर्छन् । तर, उनीहरुमाथि कहिल्यै ट्रोल गरिएको छैन् ।

त्यहीँ अष्ट्रेलियामा पुगेर केही समय अगाडि नायिका स्वस्तिमा खड्काले समुन्द्री किनारमा खिचेको बोल्ड-बोल्ड तस्विरहरु सार्वजनिक गरिन् । त्यसलाई सबैले सामान्य रुपमा लिए ।

नायिका प्रियंका कार्कीको विकिनी तस्विरलाई पनि अरुले वास्ता गर्दैन् । प्रियंका मात्र हैन्,  अधिकांश नायिकाको विकिनी तस्विरमा खासै कसैको चाखो हुदैँन् ।

किन ट्रोलको सिकार भइन् वर्षा ?

वर्षाले आजसम्म यतिसम्म खुलेको तस्विर सार्वजनिक गरेकी थिइनन् । म्युजिक भिडियो वा फिल्ममा पनि उनको यतिसम्म खुलेको अवतार देखाइएको छैन् । सम्मवत उनी पहिलो पटक नै यति धेरै खुलेकी हुन् ।

पहिलो पटक वर्षालाई यति खुलेको देखेपछि ट्रोल गर्नेहरु उत्तेजित भएका हुन सक्छन् । वर्षाले त के-के न गरिन् भने जस्तो गरेर उनीहरु ट्रोल बनाउन सुरु गरे ।

अर्को कुरा वर्षाको सोझोपन मात्र देख्न चाहनेहरु पनि धेरै मात्रामा छन् । किनभने उनको अभिनय र उनको बोलीचालीले पनि धेरै फ्यानहरु कमाएकी छिन् । त्यो हुदाँ वर्षाको यस्तो पहिरनबाट उनीहरु पनि भड्किएका हुन सक्छन् । र ट्रोल सेयर गरेका हुन सक्छन् । विरोधीहरु त भइहाल्छन् नै ।

यदि वर्षा यस अघि पनि यसरी खुलेर प्रस्तुत भएकी थिइन् भने सायद यो ट्रोल बन्ने थिएन होला ।

फिल्मकर्मीदेखि मिडियाकर्मीसम्म वर्षाको पक्षमा

अहिले धेरै फिल्मकर्मीदेखि मिडियाकर्मी पनि वर्षाको पक्षमा बोलिरहेका छन् । जात्रै जात्रा निर्देशक प्रदीप भट्टराईले फेसबुकमा स्टाटस लेख्दै वर्षालाई चर्चाको लागि पहिरनको साहायता लिनु नपर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘एउटा कुरामा ढुक्क हुनुस्, वर्षा राउतलाई चर्चामा आउन लुगाको साहारा लिनु पर्दैन । आफ्नो अभिनय नै उनकोलागि पर्याप्त छ । उनी कलाकार हुन् । परिआए जस्तो पनि जस्तो पहिरन लागाउनु पर्ने हुनसक्छ । वर्षा तिमीसँग दुईवटा फिल्ममा काम गरियो । तिमी मेरो मनपर्ने कलाकार हौँ । तिमीसँग काम गर्न सधै पाइराखियोस । तिमी जस्ती छौ त्यस्तै भइराख । माया गर्नेको कुरा सुन, रिस गर्नेलाई बाल ।’

‘जात्रै जात्रा’ निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले पनि प्रदीप भट्टराईको स्टाटसलाई कपी गरेका छन् । नायिका प्रियंका कार्कीले पनि आफ्नो सामाजिक संजालमा स्टोरी पोष्ट गर्दै वर्षालाई सहानीभुती दिएकी छन् । उनले त्यहाँ वर्षा अभिनय र सुन्दरताका कारण चर्चामा आइरहेको र निकै राम्रो अभिनय गर्ने कलाकार भएको बताएकी छिन् ।

अझ, वर्षाका श्रीमान् संजोग कोइरालाले त उनको प्रशंसा गर्दै भनेका छन्, ‘म तिमीलाई झन धेरै माया गर्नेछु ।’

त्यस्तै, फिल्म समिक्षक गोकर्ण गौतमले पनि वर्षाको पक्षमा बोलेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हामी कति कुन्ठित छौं भन्ने अभिनेत्री वर्षा राउतको तस्बिरप्रति आएका नकारात्मक प्रतिक्रिया, मजाक र ट्रोलबाट प्रष्ट हुन्छ । उनले सहज ढंगले पहिरेकी छन्, भल्गर छदै छैन । तर दुनियाँलाई टाउको दुखाई ! कस्तो पहिरन लगाउने त्यो व्यक्तिको नितान्त व्यक्तिगत रोजाई हो, महिलाको शरीरमाथि भद्दा मजाक नगरौं ।  नबिर्सौ, हामी एक्काइसौं शताब्दीको दोस्रो दशकको पनि अन्त्यतिर छौं । कलाकारको कलाकारिताको बहस गरौं, शरीर र पहिरनको होइन ।’
तस्विर : कृष्ण श्रेष्ठ