देउजाको फिल्म ‘झिँगेदाउ’मा चोपेन्द्र अनुबन्धित

लामो ग्यापपछि ज्ञानेन्द्र देउजाको निर्देशनमा झिँगेदाउ निर्माण हुने भएको छ । साहित्यकार भीमनीधि तिवारीको आख्यानमाथि फिल्म बन्न लागेको हो ।

फिल्मको पुरुष मुख्य पात्रमा ‘बुलबुल’ फेम्ड मुकुन भुषाल अनुबन्धित भएका छन् । हिरोइन भने चाँडै तय गरिने देउजाले जानकारी दिए । भदौदेखि फिल्म छायाँकनमा जानेछ । निर्माता कम्पनी कपन गढीले फिल्मको टाइटल लोगो रिलिज गरेको छ । विष्णु कल्पितको छायांकन, पासाङ टी शेर्पा कला निर्देशक, अर्जुन पोखरेलको संगीत र पटकथा एवं संवाद प्रदीप भारद्धाजको रहने छ । निर्माता एवं निर्देशकको रुपमा स्वयम देउजा रहनेछन् ।