‘पानीफोटो’ मार्फत निर्देशनमा डेब्यु गर्दै खगेन्द्र

खगेन्द्र लामिछानेको लेखन तथा निर्देशनमा फिल्म ‘पानीफोटो’ बन्ने भएको छ । फिल्ममा सुनिल पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, वुद्दि तामाङ, कमलमणी नेपाल, आशान्त शर्मा, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहनेछ ।

सन् २०२० मा रिलिज गर्ने फिल्मले १५ वर्ष अगाडी बेपत्ता भएका छोराको यादमा बसेका आमाबाबुको कथा बोल्ने छ । फिल्ममा रोजिना सिटौला र रविन्द्र बज्रचार्यको लगानी रहनेछ । फिल्ममा पुष्पासंगमको पाश्र्व संगीत, घनश्याम श्रेष्ठको कला निर्देशन, निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन, दिपक बज्रचार्यको छायांकन रहनेछ ।