‘दिलको फ्रेम’ मा आंचल र पुष्प (भिडियो)

देवल भण्डारीको शब्दमा तयार भएको नयां गीत ‘दिलको फ्रेममा’ सार्वजनिक भएको छ । नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका पुष्पा पौडेलको आवाजमा रहेको गीतको संगीत दिपक शर्माले गरेका छन् । साहस शाक्यको संगीत संयोजन रहेको भिडियोको निर्देशन सुब्रतराज आर्चायले गरेका हुन् । गीतमा आंचल शर्मा र पुष्प खड्का फिचर्ड छन् । यी दुइसंगै रवि र पुष्पा पनि गीतमा छन् । नवराज उप्रेतीको छायांकन रहेको गीतलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । गीतमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने यसको कन्सेप्ट जया शर्माको रहेको छ ।