विराज भट्टको ‘साङ्लो’ मा किड्नी तस्करको कथा

- मेराेफिल्म
विराज भट्टको फिल्म ‘साङलो’ छायांकनको क्रममा रहेको छ । फिल्मले किड्नी तस्करको कथा बोल्ने श्रोतले जनाएको छ । कुनै एक स्थानमा राखेर बेहोस बनाइ किड्नी झिकेर व्यवसाय संचालन गर्दै आएको जालोको कथा फिल्ममा बुनिएको छ । काठमाण्डौको छायांकन सकेर तराईतर्फ छायांकनका लागि निर्माण टिम लागेको छ ।

विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा तेज बहादुर खड्काको निर्माण छ । फिल्ममा बिराज भट्ट, निकिता चन्दक, प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, भारत शाह र रमेश सोडारीको अभिनय रहने छ । फिल्ममा सुरेश अधिकारी, राजन राज सिवाकोटी र खम्बू सिंहको संगीत, मानकृष्ण महर्जनको छायांकन रहेको छ । शिवम अधिकारीको लेखन रहेको फिल्ममा द्वन्द निर्देशन श्री श्रेष्ठको रहेको छ। राजेन्द्र रावल निर्माण नियन्त्रक रहेको फिल्ममा नवराज शर्मा मुख्य सहायक निर्देशक रहेका छन् । फिल्म बिराज भट्टले निर्देशन गर्दै छन् ।
२०७६ जेठ २२ गते १३:३२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *