सुरवीर पण्डित अभिनित ‘झड्का’ ट्रेलर सार्वजनिक

गैह्रकानुनी धन्दामा आधारित फिल्म ‘झट्का’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा सुरवीर पण्डित मुख्य भूमिकामा छन् । ट्रेलर हेरेर उनी भिलेन रहेको अनुमान गर्न सकिन्छ ।

फिल्मका निर्माता तुलसी लाल नेवा हुन भने कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् । फिल्म रमेश बिसुङ्खेले निर्देशन गरेका हुन् । फिल्ममा सुरविर पण्डितको साथमा श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठ, उमेश बिसुङ्खे, हिक्मत कुवँर, प्रदिप काफ्लेको मुख्य भुमिका रहेको छ ।

फिल्ममा पुरुषोत्तम न्यौपानेको संगित, सुरेश पाण्डे र कृष्ण ब्लोनको कोरियोग्राफी र द्वन्द सुरज श्रेष्ठको रहेको छ । फिल्मलाई जीवन पराजुली र बसन्त गौतमले छायांकन गरेका हुन् भने रमेश बिसुङ्खेले सम्पादन गरेका हुन् । फिल्म जेठ ३१बाट प्रदर्शनमा आउने छ ।