‘मारुनी’ को गीतमा दीपक बज्राचार्य

फिल्म मारुनीको छायांकन सकिएको छ । छायांकन सकिएसंगै निर्माण टिमले फिल्मका सामाग्री एक पछी अर्को गर्दै दर्शक माझ ल्याइरहेका छन् ।  सोहि क्रममा फिल्ममा प्रयोग भएको एक गीत सार्वजनिक गर्न लागेको फिल्मकी निर्माता पूनम क्षेत्रीले सामाजिक संजाल फेस्नुकमा पोस्ट गर्दै जानकारी दिएको छन् । ‘जाम न माया जाम’ बोलको गीतमा दीपक बज्राचार्यको स्वर तथा संगीत रहेको छ ।  चर्चित नेपाली गायक दिपकका ओ अमिरा, झुमी झुमी, मायाको डोरी, प्रतिक्षा गर मेरी मायालु लगायत पुराना गीत चर्चामा छन् । भने ‘मनमगन’ मार्फत उनले नेपाली गीत संगीतलाइ विश्व सामु चिनाउने प्रयाश गरेका छन् । उनको यो गीत नेवारी, हिन्दी लगायत अन्य भाषामा समेत आइसकेको छ ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का , रेविका गुरुङ, लगायतको मुख्य भूमिका रहेको छ । नवल नेपालको निर्देशन रहेको फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल–कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, सौर्य अधिकारीको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउने छ ।