आनी छोइङ डोल्माको १५ करोड रुपैयाँको स्रोत खुलेन

गायिका आनी छोइङ डोल्माको हङकङबाट जम्मा भएको १५ करोड रकम विवादमा परेको छ । स्रोत नखुलेको कारण ‘शंकास्पद’ रकम नेपाल भित्र्याएको भन्दै मेगा बैंक नेपालले रोक्का गरिदिएको हो ।

आनीलाई उक्त रकम हङकङस्थित ‘एसेट म्यानेजमेन्ट कम्पनी’मा कार्यरत एक ब्यक्तिले पठाएको खुलेको छ । एकै किस्तामा ठूलो रकम आउनु शंकास्पद भएकोले मेगाले नेपाल राष्ट्र बैंकको वित्तिय एकाइलाई जानकारी गराएको छ । यस विषयमा सम्पत्ति शुद्धिकरण विभागले छानवीन गरिरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । एक बर्षअघिको यो घटना एकाएक समाचारका रुपमा बहिर आएको छ जसका कारण उनी प्रत्को संका अझ बढेको छ ।

गायिका आनीले भने आफूले बिशुद्ध सामाजिक सेवाका लागि रकम ल्याएको बताउँदै आएकी छन् । आनीले होटल र अन्य सामाजिक क्षेत्रमा लगानी गर्नका लागि छुट्टै ४० करोड रुपैयाँ नेपाल ल्याउन राष्ट्र बैंक र उद्योग विभागबाट समेत स्वीकृति लिइसकेकी छन् ।