हलवालाले जता सार्यो त्यतै सर्ने नेपाली फिल्म

जात्रै जात्रा फिल्मले तेश्रो हप्ताको शुक्रबार २१ शो पाएको हो । २१ शो कुनै फिल्म नभएपछि हलले कुनै फिल्म नपाएर दियो । बजारमा आएका फ्रेस हलिउड फिल्म चलेनन् । जात्रै जात्रा चलाउँदा हलले ६० प्रतिशत शेयर तेश्रो हप्तामा पाउथ्यो । यही भएर २१ शो दिए । जात्रै जात्राका निर्माता रमाएका थिए । तर, वुधबार खोसियो । किनभने, हलले बुधबार सलमान खानको फिल्म भारत चलाउन पाए । भारत आएपछि उनीहरुलाई नेपाली फिल्म चाहिएन । हल खाली नहुने भएपछि १२ शो पाएको जात्रै जात्रा कम शोमा झरेको छ । फिल्म चलेको छ, तर शो छैन ।

ए मेरो हजुर ३ चल्दा पनि यही भएको थियो । एभेन्जर्स भन्ने  फिल्मले हल पाउँदा ए मेरो हजुर चल्दा चल्दै खुम्चिएको हो । तर, एभेन्जर्सले पहिलो सातापछि व्यापार कम गर्यो । ए मेरो हजुर ३ को शो कहिले सोमबार नै बढाइयो, कहिले फेरि घटाइयो ।

हलले नेपाली फिल्ममाथि मनोपली गरेका छन् । नेपाली फिल्म उनीहरुका लागि हल भर्ने मेसो मात्र भएको छ । विदेशको फिल्म नआउँदा, हल खाली हुँदा नेपाली फिल्मको शो बढाइदिने, अर्को फिल्म आयो शुक्रबार र शनिबार घटाइदिने ।

आइतबारबाट चलेन भने फेरि चलिरहेको नेपाली फिल्म लगाइदिने । नेपाली फिल्मका निर्मातालाई शो पाउनु ठूलो कुरा छ । शो पायो भने हलसँग नबोल्ने । अघिल्लो दिन हटाएर सोमबारदेखि त्यही फिल्म लगाउँदा पनि नबोल्ने ।

जात्रै जात्राको शोमा दर्शक आएका थिए । तर, भारतको व्यापारबाट पैसा कमाउने लोभमा हलवाला फसे । अब, भारतको शो बढेको छ । भारतको रिभ्यू राम्रो छैन । आइतबारदेखि व्यापार घट्यो भने जात्रै जात्राको शो बढ्छ, निर्माता खुशी हुन्छन् । हलले यूज गरेको थाहा पाउँदैनन् ।

नेपाली फिल्ममा यस्तो भएको धेरै भयो । अर्को फिल्म नहुँदा भए जतीको शो दिने, अर्को फिल्म आयो भने रद्दीको टोकरीमा फालिदिने ।  यो बारेमा त निर्माताले पनि बोल्नेपर्ने हो । आफ्नो फिल्मको शो यसरी कहिले बढाउने र कहिले घटाउने गर्दा निर्माताले फिल्म नदिए हुन्न । हलबाट फिल्म हटाउने अधिकार त निर्मातार्लाइ छ । यसरी प्रयोग भएर फाइदा के हुन्छ ?