प्रियंकाको फिल्मकै सुनसान

- मेराेफिल्म

प्रियंका कार्की फिल्म चलेको बेलामा, नचलेको बेलामा हल्ला गर्छिन् । उनी हल्ला मास्टर हुन् । कुनै पनि बिषयलाई ठूलो बनाउने उनलाई आउँछ । कान्स फिल्म फेस्टिभलमा पुग्दा उनले यसलाई ठूलो बनाइन् । नवुझेर बोल्दा उनी फसिन् ।

प्रियंका कार्कीको फिल्मले हलमा व्यापार राम्रो गरेका छैनन् । उनले सिंगल अभिनेत्री भएर काम गरेका फिल्मको अवस्था नाजुक छ । प्रियंका चलिन् तर फिल्म चलाउन सकिनन् ।

प्रियंकाको अभिनय रहेको प्रेम दिवस जेठ ३१ गते रिलिजमा आउँदैछ । अभिनेत्री प्रियंका र अभिनेता आयुष्मान देशराज जोशी फिल्ममा छन् । प्रियंका र आयुष्मानले सानो सानो काम गर्दा खबर ठूलो बनेको छ ।

यसपटक फिल्मका लागि दुबै जना निष्क्रिय देखिएका छन् । निर्देशक योगेश घिमिरेले पनि प्रियंका र आयुष्मानलाई पब्लिसिटीमा लिएर हिड्न तातो देखाएको पाइएन ।

अभिनेत्री कार्कीको फिल्म आउँदा यस्तो मै चुप तै चुप भएको छ । कार्कीको क्रेज सकियो कि निर्देशकले नै प्रचार गर्न नचाहेका हुन् ?

२०७६ जेठ २३ गते १७:०० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *