नेपाली कलाकार मलेशियामा पक्राउ

मलेसियामा आयोजित कार्यक्रममा पुगेका नेपाली कलाकार पक्राउ परेका छन् । साङ्गीतिक मनोरञ्जन गराउन इदको अवसरमा मलेसिया गएका कलाकारहरुलाई त्यहाको अध्यागमनले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीयका सतहमा नेपाली कलाकार समेत परेका छन् । एसएसओजी ग्रुपद्वारा आयोजित कार्यक्रममा नेपालका सुनिता थेगिम, श्रेया राई, सुजन आङदम्बेसहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका हुन् ।

मलेसियाको क्वालालम्पुस्थित कोताया कम्पेल्क्समा भएको कार्यक्रममा अध्यागमनले स्थानीय समयअनुसार ३ बजे छापा मारेको थियो । नेपालबाट त्यहा पुगेका कलाकारले आफ्नो प्रस्तुति दिन नपाउँदै अध्यागमनले छापा मारेपछि कार्यक्रम नै स्थगित भएको छ । पक्राउ परेका आयोजक र कलाकारहरुलाई पुत्राजाया अध्यागमनमा राखिएको छ । मलेसियामा साङ्गीतिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था छ ।