कलाकारका लक्की निर्देशक

प्रदिप भट्टराई अभिनेत्री बर्षा राउतका लक्की निर्देशक ठहरिएका छन् । बर्षा राउतलाई फिल्ममा जोगाउन उनको भूमिका छ ।

जात्रामा काम गरेर बर्षा राउत चर्चामा थिइन् । बर्षा राउतलाई जात्रा हिट भयो र भाग्य लाग्यो । नाई नभन्नु ल ४, छक्का पन्जा र जात्रामा बर्षाले हिट फिल्म दिएर ह्याट्रिक हानिन् ।

जात्रामा उनले काम गर्दा दर्शक धेरे खुशी भएका थिए । बर्षालाई जात्रै जात्रा हिट उपहार दिएका छन् प्रदिपले । प्रदिपसँग काम गर्न बर्षा फेरि राजी छिन् । बर्षालाई थाहा छ, प्रदिप उनका लागि लक्की भएका छन् ।

विश्वमै कलाकारहरुको लागि कोही कोही निर्देशक लक्की मानिन्छन् । उनीहरुसँगै लाग्ने लकले नै कलाकारहरु अघि बढेका छन् ।

प्रियंका कार्की अभिनेत्रीको लागि विकासराज आचार्य र दिपाश्री निरौला लक्की मानिएका छन् । विकासको नाई नभन्नु ल २ पछि प्रियंकाले काम पाउन थालेकी थिइन् । उनलाई दिपाश्री निरौलाले छक्का पन्जामा खेलाएपछि बम्पर लक लागेको हो ।

अभिनेता अनमोल केसीका लागि हेमराज वीसी लक्की मानिए । अनमोलले हेमराजसँग ह्याट्रिक हिट मारेका छन् । होस्टेल, जेरी, गाजलु हिट भएका छन् । हेमराज अभिनेता आयुष्मान देशराज जोशीसँग भने लक्की मानिएनन् ।

कलाकारको लक्की निर्देशक अहिले होइन, पहिले पनि थिए । निर्देशक शिव रेग्मी अभिनेता श्रीकृष्ण श्रेष्ठका लक्की निर्देशक हुन् । श्रीकृष्णले शिवसँग काम गरेपछि आफू चम्किएका थिए ।

श्रीकृष्ण र शिव भएर धेरै हिट फिल्म दिएका छन् । नम्रता श्रेष्ठका लक्की निर्देशक दिनेश राउत हुन् । दिनेश राउतले नोभेम्बर रेन, क्लासिक, पर्व, प्रसादमा नम्रतालाई नै रोजे । नम्रता र दिनेश साथी हुन् ।

दिनेशसँग काम गरेकी नम्रताले अरु निर्देशकसँग काम गर्न मन गरेको पाइन्न । उनले अहिले जाइरा फिल्म अरु निर्देशकसँग गरेकी छिन् ।

नेपाली फिल्ममा कलाकारहरुले लक्की निर्देशक पाएका छन् । कलाकारहरुले लक्की निर्देशक पाउँदा उनीहरुसँग नै बढी काम गर्न खोजेका छन् ।

बलिउडमा पनि अभिनेता साहरुख खानलाई यश चोपडा लक्की निर्देशक थिए । अहिले अभिनेता सलमान खानलाई अली अब्बास जफर लक्की मानिएका छन् । अभिनेता आमिर खानलाई राजकुमार हिरानी लक्की छिन् ।

सबै निर्देशकसँग काम गर्दा कलाकार चल्दैनन् । कोहीसँग उनीहरुको काम बलियो हुन्छ । सबै कलाकारले लक्की निर्देशक पाउँदैनन् ।