फिल्म चलाउन झुटो लभ

हिम्मतवाली फिल्मका निर्देशक श्याम भट्टराई थिए । यो फिल्म बनेको बेलामा श्याम निकालिए । फिल्मलाई हिरोइन रेखा थापाले नै निर्देशन गरिन् । फिल्ममा सुदर्शन गौतम हिरो थिए । दुबै हात गुमाएका सुदर्शन फिल्ममा हाबी भए । उनको नाम सुनियो । फिल्म चलेको बेलामा अभिनेत्री रेखा थापा र सुदर्शन गौतम प्रेममा रहेको खबर आएको हो । उनीहरु प्रेममा थिए कि थिएनन् खुलेन । फिल्म चलुन्जेल सुदर्शन र रेखा थापाको लभ पर्यो । सुदर्शन र रेखाको प्रेमले अनलाइनहरु ताते । त्यो बेला नेपालमा युटुब चलेको थिएन । फिल्म रिलिज भएपछि सुदर्शन र रेखाको नाम कम सुनियो । प्रेमको खबर पनि सेलायो । सुदर्शन अहिले प्रहरीको रेड कर्नर नोटिसमा छन् ।

नेपाली फिल्ममा फिल्म चल्ने बेलामा प्रेम हुन्छ । प्रेम जन्मिन्छ र फिल्म चलेपछि मर्छ ।

 

प्रेमगीत फिल्म रिलिजको बेला थियो । फिल्ममा अभिनेता प्रदिप खड्का र अभिनेत्री पूजा शर्मा थिए । फिल्म चल्यो । फिल्म चलेको समयमा प्रदिप र पूजाको प्रेम बस्यो । प्रेम फिल्म चलेपछि ब्रेकअप भयो । अहिले बोलचाल नै छैन ।

अभिनेता अनमोल केसी ए मेरो हजुर ३ मा काम गरिरहेका थिए । फिल्मको प्रमोशनको बेला थियो । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको प्रेम भयो । फिल्म बनाएकी झरना थापाले अनमोल केसीलाई ज्वाई बनाउन चाहिन् । अनमोल केसीले सुहाना थापालाई बेहुली बनाउन चाहे । बेहुला बेहुली र ज्वाइको सिलसिला चल्यो । फिल्म चलेपछि सुहाना कता छिन् अनमोल कता छन् ।

म यस्तो गीत गाउँछु चलेको बेलामा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको लभ पर्यो । लभ परेको कुरा सुनियो । पल र पूजाले बिहे गर्न चाहे । फिल्म रिलिजपछि दुबैको लभको खबर आउन छाड्यो ।

 

नेपालमा कलाकारको प्रेम पर्छ । प्रेममा पनि कलाकार छन् । प्रेममा रमाउने कलाकार धेरै छन् । फिल्म खेल्दा खेल्दै लभ गर्ने कलाकार पनि धेरै छन् ।

 

तर, नेपालमा फिल्मको प्रचार गर्ने कुरामा लभ जोडिएको छ । फिल्म चलाउनका लागि लभ भएको खबर आउँछन् । अभिनेता अनमोलको फिल्ममा बढी आउँछ । उनले जुन अभिनेत्रीसँग फिल्म खेलेपनि उनी लभमा छन् भनेर खबर आउँछ । अभिनेत्री पूजा शर्माको पनि लभको खबर आउँछ । उनले जती फिल्म खेलेपनि ती हिरोसँग नाम जोडिएको छ ।

नेपाल फिल्मका कलाकारले फिल्म चलाउन लभको नाटक गर्छन् । कोही कलाकार त लभ नै परेर लभको खबर फैलाउँछन् । धेरै कलाकार फिल्म चलाउन लभ परेको भन्छन् । कुनै कुनै जोडीलाई दर्शकले प्रेममा भएको सुनेर खुशी हुन्छन् । पछि लभ नभएको सुनेर दर्शक दिक्क मान्छन् ।

छविराज ओझाले फिल्म चलाउन रेखा थापासँग डिभोर्स, शिल्पा पोखरेलसँग लभ र बिहेको खबर खुबै फैलाएका थिए ।

 

लभको नाटकको रुमर पुरानो भैसकेको छ । नेपाली फिल्ममा लभ पर्यो भनेर हल्ला चलाएर फिल्म चल्छ भन्ने सोच पनि फिल्मका निर्मातामा बढी छ । यही भएर कलाकारको लभको झुटो खबर धेरै फैलाइन्छ ।