फिल्म ‘एन्टी हिरो’ मा अनमोल नायक, भुवन खलनायक

नायक अनमोल केसीको मुख्या भूमिका रहने नयाँ फिल्म ‘एन्टी हिरो’ मा  अभिनेता भुवन केसी खलनायक को भूमिकामा देखिने भएका छन् । दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ ।

एक्सन र लव स्टोरी जानरामा बन्ने फिल्मको तयारी अनमोलले केही समय अघि बाट गरिरहेका छन् । अनमोलको होमप्रोडक्सन फिल्मका लागि अन्य टिम फाइनल भएको छैन । हाल स्क्रिप्टको काम भैरहेको फिल्मको छायांकन दशैं पछि सुरु हुनेछ।