भुवन केसीले ढांटे फेरी बेचे नायक छोराको नाम

फिल्म ‘एन्टी हिरो’ बनाउने भन्दै नायक तथा निर्माता भुवन केसीले झुट बोलेका छन् । उनले उक्त फिल्म बनाउनका लागि निर्माता खोज्दै हिडेका छन्  भने ओभरसिज सेल समेत गरिसकेका छन् । उनले सुर्य कर्पोरेशनका अध्यक्ष बाशुदेव लामिछाने र बलामी फिल्म्सका समीर बलामीलाई फिल्मको विदेश अधिकार समेत बेचीसकेका छन् । फिल्ममा अनमोल केसी र भूवन केसीको मुख्य भूमिका हुने भनिएको छ ।

यहि बीच अनमोल केसीलाई लिएर निर्माण हुने फिल्म ‘धुपौरे’ को थिम पोष्टर नै सार्वजनिक भएको छ । साम्तेन भुटियाले निर्देशन गर्ने फिल्मको उक्त पोस्टरमा कलाकार अनमोल केसी, निर्देशक भुटिया र निर्माता जयन श्रेष्ठको नाम उल्लेख गरिएको छ । फिल्मको छायांकन मङ्सिरबाट सुरु हुने भनिएको छ ।

उता भुवन भने एन्टी हिरोको लागि लगानीकर्ता खोज्दै पैसा उठाउदै हिडेका छन्, भने यता अनमोलले अर्को फिल्म साइन गरिसके । अनमोलको काममा पहिलेबाट नै भुवन हस्तछेप गर्छन भन्ने चर्चा चल्ने गरेको थियो ।  यसले उक्त आरोपलाई थप बल पुगेको छ । यस किसिमको निर्णयबाट भुवनले छोराको नाम बेचेर झुट बोलेको प्रस्ट भएको छ ।