चैत २८मा प्रदीप, अनमोल र निश्चलको भिडन्त ?

साम्तेन भुटियाको फिल्म धुपौरे, सन्तोष सेनको फिल्म प्रेम गीत ३ र माधव वाग्लेको फिल्म ‘पारस एउट मितिमा आउने सम्भावना बढेको छ । फिल्म क्षेत्रमा एक अर्काका प्रतिष्पर्धी भनेर चिनिने अनमोल केसी र प्रदिप खड्काको फिल्म एकै मिति चैत २८ मा आउने सम्भावना बढे संगै फिल्मको प्रदर्शनको समयमा समस्या आउने पक्का भएको छ ।

यस बर्ष संख्यात्मक रुपमा कम फिल्म बनेको भए पनि एकै मितिमा फिल्म जुधाउने परिपाटी दोहोरिएको छ । दशैँमा ठुलो संख्यामा फिल्म एकै समयमा प्रदर्शन हुने भएका छन्  भने त्यो पछी चैतमा फिल्महरु बीच अस्वस्थ प्रतिष्पर्धा देखिने लगभग पक्का भएक हो । यहि बीच निर्माता माधव वाग्लेको डेब्यु निर्देशन रहने फिल्म ‘पारस’ समेत सोहि मितिबाट प्रदर्शनमा आउने चर्चा छ।  उनी सफल निर्माता भनेर चिनिन्छन् । यसैकारण पनि उनको निर्देशकीय क्षमता हेर्ने दर्शकको चाहना रहन्छ ।


जयन श्रेष्ठको निर्माण रहने फिल्म ‘धुपौरे’ लाई काठमान्डौको लागि ८०लाख एमजीमा करण क्रेजी रिच इन्टरटेनमेन्टले लिएको करण क्रेजीले बताइएका छन् । र उनका अनुसार फिल्म चैत्र २८मा आउने छ । फिल्मका लागि नायक केसीले बडी बनाउन सुरु गरेका छन्।अनमोलले समेत फिल्म २०२०मा आउने जानकारी सामाजिक संजाल मार्फत दिएका छन् ।

भव्यताका साथ निर्माण भैरहेको फिल्म प्रेम गीत ३’ को टिम भने सेट निर्माणको क्रममा रहेको छ । भीएफएक्स त्यति उपयोगी नहुने भएको कारण सेट नै निर्माण गरिरहेको फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले बताएका छन् । यो फिल्मका लागि प्रेम अर्थात प्रदीप खड्काले आउटलुक र शरीर परिवर्तन गरेका छन् ।

साथै ‘पारस’ नामको कारण पनि माधव वाग्लेको निर्माण तथा निर्देशन रहने फिल्मले दर्शक तान्ने सम्भावना रहन्छ । फेरी फिल्ममा लिड रोलमा निश्चल बस्नेत हुनेछन् । लुटबाट टिमअप गरेका यी दुइको अनुभवका कारण पनि फिल्म राम्रो बन्नेमा बिश्वास गर्न सकिन्छ ।

यसरि हेर्दा चैत्र २८मा अनमोल प्रदिप र निश्चलको भिडन्त हुने अनुमान गर्न सकिन्छ ।