चाम्स न यता न उता

फिल्म निर्माता निर्देशक मिलन चाम्स यता न उताका भएका छन् । उनले अनमोल केसीलाइ लिएर बनाउने भनेको फिल्मको नाम निशान नै हराएको छ । किनकि अनमोलले कुन फिल्म गर्ने कसको फिल्म गर्ने अगाडी के गर्ने भने कुनै निर्णय बाहिर ल्याएका छैनन् । संचार माध्यममा अनमोलले गर्ने भनेको धुपौरे समेत वर्कसप सुरु गरेपछि पनि नगर्ने खबर आएको छ भने धेरै अगाडी नै बन्ने भनिएको ब्याचलर बन्टि त कहा पुग्यो कहा ।

बिर बिक्रम २ निर्माण गरेर त चाम्सको क्रेज दर्शक बाट हराए झैँ भयो । फेरी समिक्षा गरेकै भरमा एक कमेडीयानलाइ थुनेको कारण उनको आलोचना नै आलोचना भयो । जे गरे पनि फिल्म चलेन पत्ता साफ नै भयो ।

फिल्म छायांकन देखि विवादको समय सम्म नै नायिका वर्षा सिवाकोटीले चाम्सको हात मज्जाले थामेकी थिइन् । चाम्स कफीबाट सुरु भएको सम्बन्द चाम्सको स्ट्याटस कपि हुदै सांकेतिक मुटु सम्म पुग्यो चाम्सले फिल्म प्रदर्शनको बहानामा विदेश पनि घुमाए सिवाकोटीलाइ ।

तर बिचरा चाम्स ! अहिले न यता न उता का भएका छन् । वर्षा उनका नयाँ प्रेमी संग अमेरिकामा मस्त छिन । यता अनमोल घरको फिल्ममा ब्यस्त । यहि बीच चाम्स भने पुराना तस्विर सेयर गर्दै आफुलाइ खुसि देखाउने झुटो प्रयास मै मस्त छन् ।