हरियो पत्तीले ‘ड्यामेज’ गरायो अघोर बाबाको लाइफ !

मलाई कुनै क्षेत्र पेशा व्यवसाय प्रति समस्या होइन । न त साधु सन्त त्यागी प्रति मेरो बिमत्ती छ । न त मनोरन्जन क्षेत्र प्रति नै । तर हाल सामाजिक संजाललाई नियाल्दै गर्दा कहिँ कतै नमिलेको, नपचेको अनुभव भएर मेरो बिचार ब्यक्त गर्दै छु । मेरो विचार प्रति असमति जनाउन पाइन्छ ।

भाइरल अघोरी बाबा ‘लाइफ ड्यामेज’ यति भन्दा अधिकाम्सको दिमागमा एउटा तस्विर बन्छ किनकी उनी यति सम्म चर्चामा आएका छन् की फिल्मको प्रचार देखी विभिन्न ब्राण्डको ब्राण्ड एम्बासडर सम्म भै सकेका छन् । यस्ता कुनै युटुव च्यानल होलान्, जसले भाइरल सामाग्री हाल्छन्, को च्यानलमा भाइरल बाबाको भिडियो अन्तर्वार्ता नहोस् ।

लामो कपाल, दारी, ख्याउटे ज्यान, कालो बर्ण बाबाजी हेर्दा खासै आकर्षक लाग्दैनन् । तर जब उनी खुलेर आफ्नो बारेमा बोल्छन दर्शकको उत्सुकता बढेर जान्छ । उनका कुरा निक्कै चाखलाग्दा लाग्छन् । त्यसैले त होला उनले भाइरल बाबा उपनाम पाएका छन् ।

व्यक्तिगत सुख सयलको जीवन त्यागेर काम क्रोध लोभ मोहमा नपर्ने प्रण गरि उनी बिजय केसीबाट अघोरी बाबा बनेका थिए । तर उनी आफ्नो धर्म या पथबाट भड्किदै गएको देखिन्छ । सम्पूर्ण भौतिक र शारीरिक शुख त्यागेर अध्यात्मको बाटोमा लागेका बाबा बहकिन थालेका छन् । उनी सरल जीवन त्यागेर कठोर बाटो समातेर अगाडी बढेका थिए । लामो समय उनले उक्त जीवन बिताए पनि । उनले आफुले अंगालेको मार्ग र त्यसको नियमलाइ न्याय गरे र अबलम्बन गरे पनि ।

सामाजिक संजालमा भाइरल छन् । उनी आफै भन्छन् ‘मेरा सबै डाइलग टिकटकमा राखिदेउ’ । अन्तर्वार्ता दिन्छन र च्यानलबाट केहि कमिसन लिन्छन । अन्तर्वार्ताको क्रममा उनले भनेका छन्, अब आफ्नो वारेमा पनि त सोच्न पर्यो । यसैको लागि आए सम्मको काम गर्छु । उनले फिल्म जाइरा र पोइ पर्यो कालेको प्रचारमा सहयोग गरे । अहिले त जिम जान थालेका छन् बाबा । सायद केहि समय मै उनले जिम ट्रेनरको अर्को काम पनि पाउने छन् ।

आफ्नो जिन्दगी आफ्नो तरिकाले जिउन पाउनु पर्छ । यसमा कुनै विमत्ति छैन । तर जब सम्म उनी आफु अध्यात्मको बाटोमा रहेको भन्दै अघोरी बाबा भनेर चिनिन्छन, तब सम्म कसरी उनको यो ग्ल्यामर दुनियाको उपस्थितिलाइ स्वीकार्ने ? उनको यो व्यवहारले अध्यात्मको बाटोमा लाग्न चाहने जो कोहीलाई तथा अध्यात्ममै जीवन न्युछावर गरेका तथा गर्न चाहनेहरु प्रतिको आस्था र विश्वासलाई धमिल्याउदै पो छ की ?

ग्ल्यामर फिल्डमा बिजय केसीको उपस्थिति तारिफ योग्य छ । उनको डाइलग डेलिभरी, अभिनय, एक्सप्रेसन र दर्शक तान्न सक्ने क्षमता गज्जबको लाग्छ । उनी अभिनित म्युजिक भिडियोले पनि धेरै चर्चा पायो । उनका प्रत्येक डाइलग सामाजिक संजालमा भाइरल छन् । उनको बदलिदो गेटअप जीवन शैली सबै नै सुहाउने छ । तर अध्यात्मको बाटोमा रहेको अघोरी बाबाको यस्तो बदलिदो रुपले अध्यात्मको बाटो नै बदलिएको पो हो कि भन्ने भान भएको छ । सुन्दरीजलको जंगलमा बसेर तपस्या गर्ने बाबाजी आफ्नो जिन्दगीको उदेश्यबाट भड्किन पो थालेका हुन् की ?

पछिल्लो समय उनले ग्रिनकार्ड धारी सारदा पाण्डेसंग बिवाह गरे । विद्वानहरुका अनुसार अघोर प्राप्त साधुको बिवाह नौलो लाग्छ । उनी बिना कुनै गुरु अघोर बनेको भन्दै घोषणा गर्दै हिडेका पनि छन् । बिवाहको बिषयमा केहि समय अघि अश्लिल शब्द प्रयोग गर्दै उनले ‘महिलाको संसर्गले, बिवाहले लाइफ ड्यामेज हुने’ बताउदै आएका थिए । तर यस अघि नै धेरै पुरुषसंग बिवाह गर्दै छोड्दै हिडेकी अधबैसे महिला  पाण्डेसंग उनले पवित्र तिर्थस्थल देवघाट गएर बिवाह गरे । बिवाह पश्चात अन्तरबार्तामा उनले आफुहरु पोखरा र भैरहवा कन्सर्टमा समेतसंगै रहेको बताए । कानुनले छुट दिएको छ, दुवै बयस्क अझ भनौ बृद्ध अवस्थामा लाग्न लागेका छन् । आफुलाई मन लागेको काम गर्न पाउछन् । तर बिवाह अघिको यस किसिमको सम्बन्ध के हिन्दु सनातन धर्मले स्वीकार्छ ? वहाहरु त धर्म बचाउन एक भएको भन्दै चर्चाको चुलीमा जनुभएको थियो ।

ठिकै छ, बिवाह भयो । बिवाह भए संगै यी दुइ विवादमा तानिए । दर्शक २ भागमा बाडीए उनको निर्णय सहि या गलत भन्ने बिषयमा । यहि क्रममा उनीहरुको समर्थन नगर्ने प्रति बाबाजीले अश्लिल शब्द प्रयोग गर्दै सामाजिक संजालमा एक पछी अर्को गर्दै अभिव्यक्ति दिदै गए ।

बिवाहको एक महिना नबित्दै अर्को ठुलो ट्विसट बाबाजीको जिन्दगिमा आयो । उनले बिश्वास गरेर, माया गरेर पिण्ड खाने बेलामा भित्र्याएकी स्वास्नी त ‘दलाल पो हुन्’ भन्ने चर्चा चल्यो । त्यो पछी भने यो जोडी सामाजिक संजालमा आउन अलिक हच्कियो ।

चितवन की एक महिलाले आफुलाई ठगि गरेको भन्दै बाबा पत्नी पाण्डे र उनकै पुर्व पति बिरुद्ध प्रहरीमा उजुरी दिइन । एक अन्तर्वार्तामा सारदाले उक्त आरोपको स्पस्टिकरण दिदै घुमाउरो रुपमा आफ्नु पुर्व पतिको लागि श्रीमती खोज्न पहल गरेको स्विकारिन । अझ उनले त आफ्ना पुर्व श्रीमानलाई ‘दाइ’ भनेर पो सम्बोधन गर्छु भन्दै भनिन् । एक सामान्य व्यक्ति अझ जसले हिन्दु सनातन धर्म मान्छु भन्दै सामाजिक संजालमा फुक्दै हिड्छ ले आफ्ना पुर्व पतिलाई कसरि ‘दाइ’ को रुपमा स्विकारिन ? त्यो उनलाई नै थाहा होला ।

बाबाजी जो तपस्वी ध्यानी भन्दा कलाकर्ममा रमाउछन्, को जिन्दगि गज्जबले नै चलेको थियो । सामान्य थोत्रो कपडा लाउने उनको परिवर्तित स्वरूप जोडिएको डेडलक, गरगहनाले उनको उकालो लाग्दै गएको आर्थिक अवस्थाको झल्को दिंदै थियो । उनी देश विदेश समेत घुम्न थालेका थिए । यहि बीच बुढेसकालमा भित्र्याएकी स्वास्नीको कारण प्रहरी चौकी पुग्न पर्यो । युवा पुस्तालाई बिवाह नगर, प्रेममा नफस ‘लाइफ ड्यामेज’ हुन्छ भन्ने बाबाजीको जिन्दगी हरियो पत्ताको लोभले साचै नै ड्यामेजको चरणमा पुगेको पो हो कि ???