अन्जली कलाकार हुन्, ‘टुरिस्ट गाइड’ होइनन् !

अंग्रेजी भाषा नबुझेकै कारण मोडल अन्जली अधिकारी ट्रोलको शिकार बनिन् । रेकर्ड गरिएको अन्तर्वार्ता सम्पादन गर्न सम्पादकले जरुरी मानेनन् । अझ उनको मजाक बनाउन हाइलाइटमै त्यो क्लिप्स हाले । त्यति मात्रै नभएर अन्तरबार्ताकर्मीले उनको मजाक उडाउदै आनन्द लिए । सामाजिक संजालमा उक्त बिषय भाइरल बन्यो । हासोको पात्र बनिन्, बोल माया तथा गलबन्दीबाट चर्चित मोडल अधिकारी ।

उनको अन्तर्वार्ताको सन्धर्भ थियो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको चुनावमा उनको उमेरद्वारी । उक्त अन्तर्वार्तालाई नियाल्दा, ५मिनेट समय पनि सम्बन्धित बिषयमा खर्च गरिएन । जेको लागि भनेर अन्जली त्यहाँ पुगेकी थिइन् त्यो बिषयमा प्रवेस नै नगरी अन्तर्वार्ता अर्कै अर्कै तिर मोडियो । तर अहिलेका मिडिया भनिने युट्युव च्यानलमा हुने भनेको प्राय यस्तै नै हो । के बिषयमा कसको अन्तर्वार्ता लिदै छु भन्नेकुरा अन्तर्वार्ता लिने स्वयम् व्यक्तिलाई नै थाहा हुदैन।  अझ पाहुना आएपछि उनीहरुलाई नै ‘तपाइँको बारेमा केहि बताउनु होस्, के गर्दै हुनुहुन्छ आजभोली’ जस्ता हासो लाग्ने प्रश्न सोधेको धेरै देखिन्छ । यस्ता अपरिपक्वताको बिषय उठाउने हो भने त कुरा गरि साध्य नै हुदैन ।

आज हामी चर्चा गर्दै छौ अन्जली अधिकारी लगायतको बिषयमा । हो बोली चिप्लिएकै कारण धेरै कलाकारले बेईजत्ति सहन परेको छ । यसको बलियो उदाहरणमा प्रियंका कार्की, रेखा थापा, आंचल शर्मालाइ लिन सकिन्छ । अन्जलीको परिप्रेक्षलाई हेर्ने हो भने उनले उक्त अन्तर्वार्तामा अंग्रेजी नबुझेको नै पो हो कि झैँ पनि लाग्छ । तर एक कलाकार भएको हिसावले उनको काम कलाकारिता गर्ने हो अभिनय गर्ने हो जसमा उनी अब्बल छिन् । गाउले युवतीको देखि लिएर सहरिया युवतीको भूमिकामा उनी फिट छिन् । उनको अभिनय र नृत्यको तारिफ चौतर्फी छ भने कलाकारलाई अभिनय जरुरी या त अंग्रेजी भाषा ? केही कलाकर्मीसंग हामीले प्रश्न गरेका छौ ।

अन्जलीको ट्रोल बनेसंगै उनको बचाउमा निर्माता तथा कलाकार दीपशिखा खड्काले सामाजिक संजालमार्फत एक दरिलो झापड उक्त च्यानललाई दिएको देखिन्छ । यस बिषयमा कुरा गर्दा उनले भनिन्,’ सारै मिठो प्रश्न गर्नु भयो त्यस्को लागी धन्यवाद । अंग्रेजी बोलेर फिल्म चल्दैन ।  फिल्म चल्नलाई नाटक नै गर्नु पर्छ । अंग्रेजी बोल्न जस्तो सजिलो अभिनय गर्न छैन । अंग्रेजी आवोस न आवोस त्यसले फरक पार्दैन । तर अभिनय चाही कलाकारको लागी अपरिहार्य छ ।

कलाकार तथा मोडल अनु शाहलाई कला र अंग्रेजी भाषा दुवै महत्वपूर्ण भए पनि कलाकारलाई भने अभिनय नै महत्वपुर्ण रहन्छ भन्ने लाग्ने रहेछ । उनले दुवै भए त सुनमा सुगन्ध भन्दै भनिन्, ‘अभिनय सिकेर थोरै सिकिएला तर धेरै भित्र वाट आउनु पर्छ । अंग्रेजी भनेको भाषा हो जसले चाह्यो उसले सिक्न सक्छ ।‘

महिलामाथिको अपमान सहनै नसक्ने र आफ्नो बिचार प्रकट गरिहाल्ने कलाकार सुरक्षा पन्तले पनि अभिनय कै तरफदारी गरेकी छन् । उनी भन्छिन्,’अभिनय नै अपरिहार्य हो ।  व्यक्तिगत जीवनमा उसले अंग्रेजी भाषा जान्दछ या जान्दैन भने कुरा चासोको बिषय होइन ।  तर जब उसले गर्ने अभिनयमा अंग्रेजी बोल्नु छ भने गल्ति गर्नु भएन बरु नजाने अभिनय नै नगर्नु ।  तर अन्तर्वार्तामा ल्याएर यसरी मजाक बनाउदा चै गलत भएको नै हो ।‘

कलाकार तथा निर्मात्री केकी अधिकारी अहिले आफैले निर्माण गरेको कमेडी रियालिटी शोमा ब्यस्त छिन् । यस बिषयमा उनी हिजो आज अनि भोली पनि अभिनय नै कलाकारलाई जरुरी हुने बताउछिन् ।  उनी थप्छिन्, ‘कलालाई भाषाले फरक पार्दैन ।‘ कुनै भाषामा गरिएको कलाकारिता राम्रो हुने र कुनैमा नराम्रो नहुने भएको कारण कलाकारलाई अभिनय जान्न जरुरी ठान्छिन् उनी ।

राष्ट्रिय अवार्ड बिजेता कलाकार स्वस्तिमा खड्काले अभिनयसंगैको अंग्रेजी भाषाको ज्ञानलाई केकमा भएको मिठो फल ‘चेरी’ को रुपमा लिन्छिन् ।  उनी भन्छिन् ‘अभिनय अपरिहार्य छ । कुनै पनि भाषा जानेको या नजानेको आधारमा कोहि व्यक्तिको क्षमताको मापन गर्नु गलत हो ।  तर जो कोहिले अभिनय संगै विभिन्न भाषाको ज्ञान हासिल गरेको छ भने त्यो पक्कै पनि राम्रो नै हो ।’

फिल्म समिक्षक, लेखक तथा पत्रकार सामिप्य राज तिमल्सिनाले अभिनयलाई नै महत्वपुर्ण मानेका छन् । उनी भन्छन् ‘भाषा सिक्ने कुरा हो आफुलाई आवस्यक लाग्यो भने संसारको जुनसुकै भाषा पनि सिक्न सकिन्छ ।  कलाकार भएको कारण, कुन ठाउमा कसको लागि बोलिरहेको छु भन्ने कुराले फरक पर्छ ।  मेरो देशमा नेपाली भाषा धेरै बोल्ने गरिन्छ जुन जसले पनि सहज रुपमा बुज्छन् । कलाकार अभिनयले चिनिने हो उसले बोल्ने भाषाले होइन ।  तर नेपाली भएको नाताले नेपाली भाषा शुद्ध बोल्न आएन भने चै लज्जास्पद हुन्छ ।‘

यस्तै राजन घिमिरे भन्छन् ,”समय अनुसार अहिले दुवै आवस्यक छ । तर पनि अभिनय त प्रमुख नै हो नी । अभिनय जिरो तर अंग्रेजी चै छुरा भएर के गर्ने ? विधामा फरक पर्छ कलाकारलाई अभिनय नै ठुलो कुरा हो । होइन र ?”

यसरी कलाकर्मीको कुरा सुन्दासमेत कलाकारको जरुरत अभिनय देखिन्छ न कि भाषा । भाषा सिकिने बिषय भयो भने अभिनय सिकेर मात्रै काफी छैन ।  अन्जलीकै कुरा गर्दा, के अन्जलीको अभिनयमा खोट लगाउने ठाउँ छ ? छैन नी ।  हो एउटा कलाकारले गर्ने यहि नै हो । अभिनयले दर्शक रिजाउने न कि पत्रकार ।  अब डाक्टरले अभिनय राम्रो गरेन भनेर ट्रोल बनाउने कि उसको राम्रो कामको तारिफ गर्ने भन्ने तर्फ सोच्न जरुरी छ । अन्जली अधिकारी कलाकार हुन् । अंग्रेजी भाषा बोल्ने पर्यटक घुमाउने ‘टुरिस्ट गाइड’ होइनन् ।