‘माया पिरिम’ को नयाँ गीत सार्वजनिक

आज बाट प्रदर्शनमा आएको फिल्म माया पिरिमको गीत सार्वजनिक भएको छ ।  ‘तिमीलाई पाउदा’ बोलको गीतमा कोशिश छेत्रीको स्वर शब्द र संगीत, उदीय राजा पौडेलको संगीत संयोजन रहेको छ ।

टेक पौरखी राईको निर्देशनमा बनेको फिल्मको कथा सबिन अधिकारीले लेखेका हुन् । प्रविन थापा र सबिन अधिकारीको निर्माणमा बनेको फिल्ममा सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्मातामा रहेका छन् । ‘माया पिरिम’ मा मोहन मरासैनी र युवराज दाहाल सह निर्मातामा रहेका छन् । फिल्ममा कोशिश क्षेत्रि,सलोन बस्नेत,किरण चन्द,अन्जली अधिकारी,अर्जुन गुरुङ,कालु राना,जयनन्द लामा,अरुणा कार्की,अनुपमा भण्डारी,विशाल पहाडी,टेक पौरखी राई,सागर बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । निरज कंडेलले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द, कोशिश क्षेत्रिको संगीत, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।