भीटेनको नयाँ गीत ‘थाहा छैन’ सार्वजनिक

चर्चित नेपाली र्यापर भिटेनको नयाँ गीत सार्वजनिक भएको छ   । ‘थाहा छैन’ बोलको गीत सार्वजनिक भए संगै युट्युव ट्रेण्डीङमा पर्न सफल भएको छ  । नेपालमा बसेर सामान्य रुपमा जिउदा समेत विभिन्न समस्या आउने गीतको थिम रहेको छ  । जे गर्न खोज्दा पनि सफल हुन नसकेको उनको गुनासो छ  । तर अझै पनि आश नागुमेको उनी गीतमार्फत बताउछन्  । समिर घिसिंग ‘भीटेन’ कै स्वर, शब्द, संगीत रहेको गीतको छायांकन सुरज दर्लामी मगरले गरेका छन् ।