नेपाली कलासंस्कृतिबाट बिश्वास उडेको हो ऋचा जी ?

ऋचा शर्मा राम्रो अभिनय गर्ने कलाकार हुन्  । उनी अभिनित फिल्म खासै सफल नभए पनि उनको अभिनय तारिफ योग्य छ  । उनी अभिनय संगसंगै समसामयिक बिषयमा समेत चासो राख्ने गर्छिन्  ।

उनको देश प्रेम पनि सामाजिक संजाल तथा उनका अभिव्यक्ति मार्फत देखिन्छ  । केहि समय अघि कालापानी र लिपुलेकक बिषयमा उनले बोलेकी थिइन्  । तर उनको यो देशप्रेम खोक्रो लागेको छ  ।

भोली सनिवार दिपेक्ष राणासंग विवाह बन्धनमा बाधिन लागेकी ऋचाको हिजो बिवाहको पुर्व तयारी स्वरूप गीत संगीतको कार्यक्रम रहेको देखियो ।  भारतीय संस्कृतिलाई पछ्याउदै उनले मेहेन्दी र संगीत कार्यक्रम राखिन्  ।

यति मात्र कहा हो र अधिकाम्स समय हिन्दी गीतमा ठुम्का लगाउदै देखिए धेरै कलाकार तथा उपस्थित पाहुना  । उनी त झन ‘साजन का घर जाना’ भन्दै जमेर नाचिन्।

होला कलाको कुनै सिमा नहुने  । तर के नेपाली गीतको अभाव भएर नेपाली कलाकर्मीले आफ्नो नितान्त व्यक्तिगत कार्यक्रममा समेत बिदेशी गीत र संस्कृतिलाइ पछ्याउनै पर्ने ?

कि ऋचालाई पनि असफल भएकै कारण नेपाली कलासंस्कृतिबाट बिश्वास उडेको हो ?