यस्ता देखिए ‘प्रेमगीत’ बन्दा अनुभव र योगिशा

फिल्म ‘प्रेमगीत ३’का मुख्य कलाकार प्रदीप खड्काको बाल्यकालको भुमिका निर्वाह गरिरहेका अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा काम गरेकी योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ निर्देशन गरिरहेको  यो फिल्म उनीहरुले नै निर्माण गर्दै छन् । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछिको निर्माता सेनको यो पाँचौं प्रोजेक्ट हो । फिल्ममा अनुभव र योगिशाका अलावा क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, मनिष राउत, सन्तोष सेन, प्रेम पुरी, पुष्कर लगायत को अभिनय रहेको छ । चैत २८ मा प्रदर्शन हुने फिल्मको यतिबेला मनाङमा छायांकन भैरहेको छ ।