चिन्नु भयो ‘फुलान्देकी आमा’ (फोटो फिचर)

हास्य टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ मा फुलन्देकी आमा नामले चर्चित कलाकार उमेश राईको फरक गेटअपमा तस्विर सार्वजनिक भएको छ । अभिनय मात्रै नभएर गीत संगीतमा समेत अब्बल राईको सार्वजनिक तस्विर हेर्दा उनी नया क्यारेक्टर सिर्जना गर्दै छन् भन्ने लाग्छ । सामाजिक संजालमा सार्वजनिक तस्विरको वास्तविकता या त उनै उमेशले बताउलान् या समयले देखाउला । तर जे होस् उनले नया भूमिकालाई समेत गज्जबले निभाउनेमा कुनै शङ्काका भने छैन।