आजबाट मण्डलामा ‘झोला हराएको मान्छे’

मङ्सिर २४गते मंगलबार आजबाट मण्डला नाटकघरमा नाटक ‘झोला हराएको मान्छे’ मञ्चन हुँदैछ । स्लिम जीवनको लेखन तथा दिपेन्द्र शाहीको निर्देशनमा नाटक मञ्चन हुन लागेको हो । नाटक रुद्रेको हराएको झोला खोज्ने संघर्षको वरपर घुम्छ । नाटकलाई क्याप मोशन पिक्चर्स र एम्प्टी स्टम्याक क्रियशनले संयुक्त रुपमा प्रस्तुत गर्दैछन् ।

नाटकमा सुनीशा बँजगाई, चन्द्र नेपाली, विकाश लामा, सन्जित प्रताप मल्ल, नविन चन्द्र अर्याल, गणेश पौँडेल(ताण्डव), जयराम ढकाल,  स्लिम जीवन, विशाल श्री, आनन्द महत, मोहन राई, सबीना थापा, अरुण सिंह पौँडेल, सन्जिप योगीको अभिनय छ । पुस १७ गतेसम्म चल्ने नाटक सोमबार बाहेक हरेक दिन साँझ ५बजे र शनिबार अतिरिक्त शो दिउसो १बजे पनि मञ्चन हुनेछ ।