फिल्म नै सबथोक दीपाजी ?

‘रंगमन्चमा काम गरेर मात्रै फिल्ममा अभिनय गर्न आउनु पर्छ’ । निर्देशक कलाकार दीपा श्री निरौलाले एक अन्तर्वार्तामा यसो भनिन् ।

यसको अर्थ कसरी लगाउने ? रंगमंच सिक्ने ठाउ, अनि फिल्ममा चै निपुर्णता देखाउन पर्ने ?

रंगमन्च जहाँ न त रिटेकको सम्भावना रहन्छ न सुधार्ने अरुकुनै बाटो । यसरी हेर्दा दक्षता फिल्ममा भन्दा थिएटरमा जरुरी देखियो ।

यस्ता धेरै कलाकार छन्, जो फिल्ममा अभिनय त गर्छन् तर नाटक गर्ने हिम्मत जुटाउन सक्दैनन् ।

दीपा निर्देशित फिल्म व्यवसायिक रुपमा सफल छन् । के २ ४ फिल्म सफल दिदैमा फिल्म नै सबथोक देख्नु सहि हो र ?