गायक निशान भट्टराईको निधन

बरिष्ठ गायक निशान भट्टराईको मंगलबार बिहान करिव ४ बजे निधन भएको छ । मंगलबार राति १ बजे आफ्नो रेस्टुरेन्ट बन्द गरेर घर फर्किने क्रममा गायक भट्टराई दुर्घटनामा परेका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा पुर्याएको थियो । उनको अस्पतालमा नै निधन भएको हो ।

दरबारमार्गबाट राति करिब १ बजे आफ्नो निवास जडीबुटी फर्किने क्रममा उनी आफैंले चलाएको कार तीनकुनेको डीभाइडरमा ठोक्कएपछी दुर्घटना भएको थियो ।