‘लक्का जवान’ शीर्ष गीत सार्वजनिक

फिल्म ‘लक्का जवान’ को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा फिल्मका धेरै मुख्य कलाकार फिचर्ड छन् । बाबुल गिरी र मीना निरौलाको स्वर रहेको गीतमा बाबुलकै संगीत र डीपी खनालको शब्द रहेको छ ।

फिल्मका निर्देशक शिवहरी पौडेल रहेका छन् । फिल्ममा सविनको साथमा किरण केसी, दिलिप रायमाझी, राजाराम पौडेल, वर्षा सिवाकोटी, प्रियंका कार्की, सलोन बस्नेत लगायत कलाकारको अभिनय रहने छ । किरण केसी, दिलिप रायमाझी, सुरेन्द्र केसीको निर्माणमा बन्ने फिल्ममा शिवहरीले फिल्म निर्देशनमा डेब्यु गर्दैछन् । फिल्म चैत २१बाट प्रदर्शनमा आउने छ।