प्रतिकको ‘आमा-द ड्रग संग’

र्याप गीत ‘आमा-द ड्रग संग’ सार्वजनिक भएको छ । गीतमा एडिक्सनको पिडा देखाइएको छ र यहि कारण आमालाई गुमाउनुको पिडालाई देखाईएको छ। साथै फर्किन आग्रह गर्दै अब दुख नदिने बाचा पनि छ । गीतमा लेखन र प्रस्तुति प्रतिक अधिकारीको रहेको छ । भिडियोमा सरिता राजोपाध्याय, अनित बिस्ट, सुमन कुमार श्रेष्ठ, गणेश खत्री र दिपक रावलको अभिनय रहेको छ भने बाल कलाकार आश्रय अर्याल रहेका छन् । भिडियो छायांकन सम्पादन प्रवेश अधिकारीको रहेको छ । प्रिश्मा श्रेष्ठको शृंगार रहेको भिडियो कन्सेप्ट कथा र निर्देशन रवि रिमालको रहेको छ।