बर्दिका प्रहरीमाथि गायिका राउतको दुर्व्यवहार

‘त्यो डन्ठीलाइ भेटे भनि लट्टी मुखबाट घुसारेर कहाँ बाट निकाल्दिन्छु, यो पुलिस्नी के खार आइ ? बुढोसंग लफडा परेछ कि ?’

‘नाम रमिता रे रमिता नै देखाई त्यसले, त्यो महिला प्रहरी जवान त्यस्तै छे रे अरुले पनि त्यस्तै भन्नु भयो, त्यो सोल्टिनी, डन्ठी, प्युसो, प्युपा, लो लेभल, इनरु मुला, हातले छाम्नु सक्दैनस ?

‘पुलिस हो कि फुलिस ? तलका प्युसो, पुलिसनी, जरा कुहिएको छ तिमारुको, युनिफर्म लाउदैमा फुर्ति नलगा, कसलाई तँ भनेको ओए ?’

यी वाक्यहरु गायिका आस्था राउतले आफ्नो सामाजिक संजालमा पोस्ट गरेको लाइभ भिडीयोमा बोलेकी हुन् ।

भारतको सिक्किममा मकर सक्रान्तिको अवसरमा एक कार्यक्रममा सहभागिता जनाउन काठमाण्डौबाट भद्रपुर सम्म हवाईजहाजमा गएकि थिइन् गायिका आस्था राउत । सोहि क्रममा महिला प्रहरीले चेक जाँच गर्ने क्रममा ज्याकेट खोल्न भन्दा आफु माथि दुर्व्यवहार भएको बताएकी छन् । उनले आफुलाई हतार छ भन्दा पनि बेवास्ता गरेको बताएकी छन् । उनले प्रश्न गरेकी छिन – ‘म जस्तोलाई त यस्तो हुन्छ अरु सामान्य व्यक्तिलाइ के होला ?’

राउतले आक्रोशित हुदै ३३ किलो सुन, अपराधि, लागु औषध तस्कर लगायत छिराउने एयरपोर्टमा मलाइ के चेक गर्छ भन्दै रिस देखाएकी छन् । तर यहा प्रश्न चिन्न खडा भएको छ की अब सबै जाना ‘आस्था राउत’ बन्न थाले भने हतार छ भन्दै पन्छिन लागे भने एअरपोर्ट जस्तो संबेदनशील स्थानमा कसरि चेक जाँच गर्ने होला प्रहरीले ?

उनले प्रयोग गरेको ‘साला, यत्रो, इस, गर्छस्’ जस्ता शब्दहरुले धेरै ठुलो अनादर दर्शाउछ । उनले आफुले भोग्नु परेको दुर्ब्यबहारका कारण आक्रोशमा यस्ता शब्द हरु प्रयोग गरेको बताए पनि यी शब्द कदापी पाच्य हुन सक्दैनन् चाहे यो शब्दको प्रयोग जतिसुकै चर्चित तथा सम्माननीय व्यक्तिले गरोस् ।

प्रहरीले प्रयोग गर्ने बोली माथि धेरैले पटक पटक आपत्ति जनाउदै आएका छन् तर त्यसो भन्दैमा बर्दीमा रहेको प्रहरी माथि निकृष्ट शब्दको प्रयोग स्वीकार्य पक्कै पनि हुदैन । जसरी राउत गीत गाउन जादै थिइन् त्यसरी नै ति महिला प्रहरी पनि आफ्नो काम गर्दै थिइन् ।

‘बगेको खोला र बोलेको बोली फर्किदैन’ भन्ने नेपाली उखान निकै प्रचलित छ । न त थुकेको थुक चाट्न मिल्छ न बोलेको बोलि फिर्ता लिन नै । अझ अहिलेको समय त यस्तो भै सक्यो की प्रविधिको कारण ‘हो मैले बोलिन’ भन्दा पनि प्रमाणहरु छ्यापछ्याप्ती भेटिन्छन् । अझ कलाकार भए पछि त सानो सानो बिषयमा ध्यान दिन पर्छ नै, कुन दिन कहाँ बोली चिप्लिन्छ र आलोचना खेप्न पर्छ ।

हरेक पेशा व्यवसायको आफ्नै दायित्व जिम्मेवारी हुन्छ । ब्यापारीले गर्ने ब्यापार नै हो र कर्मचारीले नोकरी, त्यस्तै गायक गायिकाले गाउछन् भने सुरक्षामा खटिएका प्रहरीको जिम्मेवारी सुरक्षा व्यवस्था कायम हो । आफ्नो स्थानमा बसेर सबैले आ-आफ्नो जिम्मेवारी पुरा गर्नु पर्छ । कहिले काही गल्ति हुन्छ भने त्यो मानवीय स्वभाव भित्र नै लिनु पर्छ । एक अर्काको पेशा प्रति सम्मान राख्न जरुरि हुन्छ ।

आस्था राउत न त पीआर होल्डर हुन् न ग्रीन कार्ड छ उनी नेपाली नागरिक हुन् यसमा कुनै शंका छैन तर उनले ‘तिमरु नेपाली’ भनेकी छन् तिमीहरुको नेपालमा कलाकारको भ्यालु छैन कलाकारलाई गहना गहना भनेर भन्छौ कहा झुन्डाउने गहना हो ? कलाकार को कुनै भ्यालु छैन नेपालमा’ यो भन्दै उनी भारतको बाटो चिल्लो, सम्मान धेरै भएको भन्दै भारतीयको कार्यक्रममा जादै थिइन् उनलाई नेपालमा भन्दा भारतमा सम्मान दिन्छन रे ! अब साथीको आमाले माया गरिन भनेर आमालाई हटाएर साथीको आमाको बिहे आफ्नै बाबुसंग गर्दिन पनि त भएन नि ।

एक सामान्य नागरिकलाइ पनि थाहा छ यस्ता शब्द हरु प्रयोग गर्न हुदैन भन्ने, अझ आफुलाइ स्वाभिमानी समझदार मान्ने गायिकाको यो बोली के दर्शकले स्वीकार्ने पर्ने हो र ?