गायिका राउत ‘फरार अभियुक्त’

- मेराेफिल्म

गायिका आस्था राउत प्रहरीको सुचीमा फरार अभियुक्त बनेकी छन् । सामाजिक संजाल फेसबुकमा लाइभ आएर प्रहरी प्रसासनको बिषयमा निक्रिस्ट भाषा प्रयोग गरे संगै उनी विवादमा आएकी थिइन् । उनले त्रिभुवन विमानस्थलमा आफुलाई ‘त’ भनेको भन्दै आक्रोस पोखेकी थिइन् ।

केहि दिन अघि सार्वजनिक सीसीटिभी फुटेजमा आस्था माथि नभएर महिला प्रहरी रमिता श्रेष्ठ माथि अन्याय भएको देखीएको छ । सोसंगै अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै श्रेष्ठले विमानस्थल सुरक्षा प्रहरी कार्यालयमार्फत किटानी जोहरी दिएकी थिइन् । उक्त कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको जानकारी प्राप्त भएको छ । गायिका राउतलाई पाँच महिनादेखि एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने छ ।

२०७६ माघ ५ गते १४:१८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *