माल्भिकालाई मनोज गजुरेलको मिठो ‘पन्च’

मिडिया पर्सनालिटी, मोटिभेसनल स्पिकर, पुर्व मिस नेपाल माल्भिका सुब्बा कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा पुगेकी थिइन् ।

उनले आफुले बौद्दिक कमेडी मन पर्ने भएको ‘ब्रिटिस ह्युमर’ हेर्ने भएको कारण खासै नेपाली कमेडी नहेर्ने बताउदै गर्दा शोका जज मनोज गजुरेलले माल्भिकाको अपेक्षा भन्दा भिन्न मिठो ‘पन्च’ हानेका छन् ।

माल्भिकाले ‘सोचेर बोल्नुस’ भन्दै गर्दा गजुरेलले मिठो गरी ‘म अनुरोध गर्छु नेपाली कमेडी ग्रो हुदै छ, हेर्नु ल’ भनेर मीठो प्रहार गरे ।

अन्त्य सम्म आइपुग्दा, सुमन कोइरालाको प्रस्तुति हेरेसंगै उनले आफु गलत भएको र नेपालमा कमेडीको ट्रेन्ड परिवर्तनको क्रममा रहेको स्विकारिन् ।