‘तानाजी’ ले महाराष्ट्रमा कर तिर्नु नपर्ने

अजय देवगनको फिल्म ‘तानाजी: द अनसंग वारियर’ ले महाराष्ट्रमा कर तिर्नु नपर्ने भएको छ । महाराष्ट्र सरकारका मन्त्रि बालासाहेब थोराट र पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसले फिल्मलाइ ट्याक्स फ्री  गर्न माग गरेका थिए । त्यसैको आधारमा आज यो फैसला लिईएको हो ।

उत्तर प्रदेश र हरियाणा सरकारले यस अघिनै फिल्मलाइ ट्याक्स फ्री  घोषणा गरिसकेका थिए । केहि मानिसहरुले महाराष्ट्र सरकार यसमा ढिलो भएको भनेर आलोचना पनि गरेका छन् ।

फिल्मले अहिले राम्रो तारिफ र पैसा बटुलीरहेको छ । ओम रावतले निर्देशन गरेको फिल्ममा अजय देवगनको साथ साथै काजोल, सैफ अली खान, पंकज त्रिपाठी, शरद केलकर लगायतको अभिनय रहेको छ ।