फ्राइडे रिलिज : नेपाली फिल्म ‘कमाण्डर’

माघ १० मा एउटा मात्रै नेपाली फिल्म ‘कमाण्डर’ प्रदर्शनमा आएको छ । समसायिक राजनीति, भ्रष्टाचार, तस्करीलगायतका बिकृतिबिरुद्धको अवाजका रुपमा अर्थयाइएको फिल्मको लेखन, निर्माण र निर्देशन एलआर बिबेकले गरेका हुन् ।

फिल्ममा अनुपबिक्रम शाही,रबिन तामाङ,ध्रुव कोइराला,श्रीराम पुडासैनी,प्रेम शर्मा,दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिका द्धय साधना सिलवाल र सगुन थापा मुख्य भूमिकामा छन् । सुपेरियर फिल्मस्को ब्यानरमा निर्मीत फिल्मको सहनिर्मातामा सावनजंग राना छन् । दिब्य सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको हो ।