सुहानालाई उ ‘यम्मी’ लागेपछि…

झरना थापा कि ‘गुडियारानी’ अब तरुनी भइन् । हुन त एक फिल्म नै खेली सकेकी उनलाई बच्चा देख्ने त आफ्नै बाबु आमा मात्रै होलान् ।

नायिका तथा निर्मात्री सुहाना थापाले फिल्ममा अभिनय गरिन् । ‘ए मेरो हजुर’ मा बाल कलाकारको रुपमा प्रवेश गरे पनि उनी नायिका नै बनेर समेत ‘ए मेरो हजुर ३’ मा अभिनय गरिन् । चर्चित नायक अनमोल केसीसंग काम गरेकी उनको फिल्म सफल भयो ।

यो फिल्मको सफलता संगै सोहि जोडी दोहोर्याउदै चौथो सिरिजको तयारीमा लागेका छन् थापा दम्पति ।

यता छोरी सुहानाको ध्यान भने कता कता उड्न थालेको छ । हुन त उनी अब बयस्क नै भइन् । बिपरित लिंगी प्रतिको आकर्षण समेत सामान्य नै हो ।

फिल्म प्रमोसनको लागि त आमा छोरी नै मिलेर अनमोलसंगको सम्बन्धलाई धेरै नै प्रयोग गरे ।

तर आज भने सामाजिक संजालमा अलिक फरक तस्विर आएको छ । सुहानाले कर्के नजर लगाउदै गरेको तस्विरमा ‘व्हेन हि लुक्स यम्मी’ लेखिएको छ ।

उनलाई त्यस्तो ‘यम्मी’ लागेको उ को होला ? के सुहानाले जोडी भेटेकी हुन् ?