निकिताको ‘साङ्लो’ अनुभव

मिस नेपाल २०१७ निकिता चाण्डक अभिनित फिल्म ‘साङ्लो’ प्रदर्शनको क्रममा रहेको छ । उनी अनुबन्धित पहिलो फिल्म नभए पनि उनको ‘टर्नीङ प्वाइन्ट’ को रुपमा यो फिल्मलाई लिन सकिन्छ ।  के चाहन्छु भनेर बुझ्ने भए देखि उनको चाहना अभिनय गर्ने, ‘हिरोइन’ बन्ने नै थियो ।  हो यहि चाह अहिले आएर पुरा भएको छ । मिस नेपाल बन्दा कमाएको नाम एक ठाउमा छ, भने उनलाई अभिनयले दिएको खुसि भिन्नै रहेको निकिता बताउछिन् ।

मेरो फिल्मसंगको छोटो कुराकानीमा उनी खुलेर बोलिन् । यो क्षेत्रका मानिस खासै खुल्दैनन्, एक प्रकारको घमण्ड हुन्छ, भन्ने भ्रम चिर्ने व्यक्तित्व उनमा देखियो । एकदम नरम, सहयोगी र सम्मान गर्न जान्ने उनी आफुले सेटमा चिया ल्याउने दाइँलाइ गर्ने सम्मान देखि निर्देशक, निर्मातालाई गर्ने सम्मान एकै हुने बताइन् । वहाले आफ्नो काम गर्नु भएको छ, मैले आफ्नो, काम त आखिर काम नै हो नि हैन र ?’ उनी थप्छिन्,’सहयोगी दाइदिदीहरु हुनुहुन्छ र त हामीलाई काम गर्ने सहज वातावरण सिर्जना भएको छ । ‘ उनले छायांकनमा कुनै पनि प्रकारको समस्या भोग्न परेन, अरे । ‘अहिले सम्झिदा पनि छायांकन नै मिस हुन्छ । त्यो समय धेरै राम्रो थियो । धेरै सिक्ने अवसर पाएको थिए’ उनी बताउछिन् ।

‘रानी महल’ उनी अनुबन्धित भएको पहिलो फिल्म, केहि समय छायांकन समेत भएपछी विभिन्न कारण फिल्म रोकियो । फिल्म पुरा हुन नसक्दा केहि समय तनाव भए पनि उनी आफुलाई त्यसले नकारात्मक असर पर्न नदिएको बताउछिन् । जति समय उनले उक्त टिममा बिताईन्, त्यहाबाट धेरै सिक्ने मौका पाएको बताउछिन् । अरुले गरेको अभिनय हेरेर, काम देखेर धेरै सिक्न पाएकोले उक्त फिल्म पनि आफ्नो लागि खासै नराम्रो नभएको उनको बिचार छ । उनी आफु भन्दा जुनियर सिनियर सबै कलाकारबाट केहि न केहि सिक्न सकेको र त्यो पनि आफ्नो लागि फलदाई रहेको ठान्छिन् ।

‘साङ्लो’ को अफर आए पछि रिजेक्ट गर्न बिराज भट्टलाई भेट्न पुगेकी उनले त फिल्म साइन नै पो गरिन् । आफुलाइ अभिनयमा नै निखार्ने र केहि समयपछी यहि क्षेत्रमा फर्किने योजना सहित देश छोड्ने मनस्थितिमा पुगेकी उनलाई बिराजको कुराले फिल्म गर्न तयार बनायो । अनुभवको हिसावले उनी विराजको अगाडी त केहि पनि होइनन् । हो यहि डर पनि थियो उनीमा कतै । नयाँ भनेर ‘हेपाइ’ मा परिने पो हो की  ? फरक व्यवहार पो हुन्छ की ? तर अहँ त्यस्तो केहि भएन । उनलाई पुरै फिल्म भरि नै बिराजको साथ रही रह्यो ।

‘पुरानो गाडी’ को उपनाम पाएकी उनलाई प्रतेक बिहान पुसअप भने गर्न पर्ने रे ! आफुले सक्छु झैँ कहिल्यै नगर्ने । त्यसको लागि पनि बिराज खम्बा बनेर खडा थिए ।  ‘तिमी सक्छौ’ प्रत्येक पटक भन्नै पर्ने । जति उनी अभिनयमा पोख्त छिन्, त्यति नै उनी आफु माथि बिश्वास भने गर्न नसकेकी रहिछिन् । पहिलो पटक भएर पनि हुन सक्छ । तर ‘म सबै जान्ने छु’ भनेर घमण्ड पाल्नु भन्दा ‘सक्दिन कि’ भन्ने भयको कारण काममा मेहेनत लगाइन्छ पनि । आफ्नो सुट नहुदा समेत विराजले उनलाई राम्रो गर्न उत्प्रेरित गर्थे ।

‘चरीले काफल टिप्यो’ गीतको छायांकनको रमाइलो किस्सा सेयर गर्दै गर्दा निकिताको अनुहार डर र उत्साहले भरिएको थियो । उनलाई धेरथोर डर त थियो नै आफ्नै आँखा अगाडी बनेको कमसल डुंगामा नाच्न ।  तर हिम्मत त त्यो बेला बढ्यो जब साइड डान्सरले अतालिएर चिच्याउदा च्याउदै पनि अनुहारले दिनु पर्ने भाव परिवर्तन नगरी काम पुरा गरिन् ।

अभिनय कि नृत्य भन्दै गर्दा, उनले ‘म ट्रेन्ड डान्सर होइन’ भन्दै आफ्नो सम्पूर्ण रुची अभिमयमा रहेको बताइन् । फिल्ममा नृत्यले थप उर्जा प्रदान गरे पनि उनी नृत्यमा पोख्त नभएको बताउछिन् । यसो भन्दै गर्दा उनले आफु अभिनयमा पोख्त भन्न खोजेकी कदापि होइनन् । उनी चरित्र अनुसार आफुलाइ जे आवस्यक पर्छ त्यो सिकेर गर्दै जाने त्यो चाहे नृत्य होस् चाहे एक्सन चाहे अभिनय भन्छिन् । यहि बीच उनले अर्को तथ्य खुलाइन् कि फिल्मका सम्पूर्ण डाइलग उनले कण्ठ गरेर गएकी थिइन् ।

छायांकन त सकियो नै ।  अब त फिल्म सकिएर फ्री भए झैँ लागेको उनलाई डबिंगले ‘टाउको’ दुखायो । नेपाली ‘टोन’ स्पस्ट नभएको कारण उनले धेरै समस्या भोग्न पर्यो ।  तर टेक्निकल फिल्डका सबैले साथै बिराजले उनलाई पटक पटक चान्स दिएर राम्रो बनाउन भरपुर मेहेनत गरे । राम्रो भएको र दर्शकले मन पराउने निकिताको अपेक्षा छ । साथै उनले फाइनल फिल्म एकै पटक हलमा हेर्ने समेत बताईन् ।

यो थियो निकिताको प्रदर्शनको क्रममा रहेको फिल्म ‘साङ्लो’ अनुभव । उनलाई आगामी भविष्यको साथसाथै फिल्मको सफलताको शुभकामना ।