अश्लिल शब्दहरु सहित हलहरुमा ‘सेल्फी किङ्ग’, सेन्सरको बेवास्ता

यहि शुक्रबारबाट हलहरुमा प्रदर्शनमा आएको फिल्म ‘सेल्फी किङ्ग’ लाई ‘चलचित्र सेन्सर बोर्ड’ ले पीजी सर्टिफिकेट दिएको थियो । साथै बोर्डले फिल्ममा प्रयोग भएका केहि अश्लिल शब्दहरुमा बिप राख्न पनि निर्देशन दिएको थियो । मेरोफिल्म संगको कुराकानीमा सेन्सर बोर्डका सदस्य सुबाश गजुरेलले पनि आफुहरुले उक्त निर्देशन दिएको पुष्टि गरे । तर फिल्म हलहरुमा भने उक्त शब्दहरु नहटाई प्रदर्शन गरिएको पाइएको छ । फिल्ममा ‘रन्डीखाना’, ‘मु*’, ‘मा**ने’ जस्ता अश्लिल शब्दहरु प्रष्ट संग सुन्न सकिन्छ ।
त्यस्तै सेन्सर बोर्डले दिने प्रमाणपत्र पनि फिल्ममा राखिएको छैन । साथै फिल्ममा धेरै ठाउँहरुमा मदिराहरु तथा धुम्रपानको ब्रान्डको नाम प्रष्ट देखिने गरि राखिएको छ । नियम अनुसार त्यस्ता ब्राण्डहरु लाई ब्लर गरिनुपर्थ्यो ।
यस बिषयमा फिल्मका निर्देशक बिशाल सापकोटासंग कुरा गर्दा उनले आफुलाई यो बारेमा केहि जानकारी नभएको बताए । त्यस्तै फिल्मका निर्माता दिनेश राउतले फिल्मको फाइल रिप्लेस नभएको हुनसक्ने बताए । निर्माताको यस्तो गैरजिम्मेवारीपूर्ण भनाइबाट नै हलहरुमा सेन्सर बिनाको फिल्मको फाइल गएको बुझ्न सकिन्छ ।
चलचित्र विकास बोर्डका सदस्य दायाराम दाहालले सेन्सरको नियमक निकाय बिकाश बोर्ड भएको र यदि सेन्सरको निर्देशन नमानी फिल्म प्रदर्शन गरिएको पाइएमा फिल्म प्रदर्शनमा रोक लगाउने जानकारी दिए ।
(सम्पादक : माथि उल्लेखित अश्लिल शब्दहरु समाचार पुष्टिको लागि लेखिएको हो ।)

फोटो फिचर ‘म यस्तो गीत गाउछु २’ को प्रिमियर

लता मंगेश्करका ‘तीन’ नेपाली गीत

फिल्ममा जाने हो भने थिएटरतिर नअल्मलिए हुन्छ : विपिन कार्की

नेपालमा फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु हुदै !

गायक राजेश पालय राईमाथि न्युयोर्कमा हातपात (भिडियो सहित)

यी अभिनेत्रीहरूले हेण्डसमको हृदयमा विछोडको छुरा चलाए

फिल्मका निर्देशकलाई छैन काम, म्युजिक भिडियोकालाई चामै चाम

प्रतिक्रिया