सौगात अभिनित ‘मन्त्र’ को टिजर सार्बजनिक

सौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’ को टिजर सार्बजनिक गरिएको छ । खिल बहादुर गुरुङले निर्देशन गरेको फिल्ममा सौगातको अलावा बुद्धि तामांग, दिया पुन, नमिता तामांग लगायतको अभिनय रहेको छ । मनास्लु क्षेत्रको सुन्दर दृश्यहरु कैद गरिएको यो फिल्म प्रेमकथामा आधारित छ । फिल्ममा सौगातले हिमाली लवजमा बोलिरहेका छन् ।
मुभी र्याकको प्रस्तुतिमा मनोज राजभण्डारीले निर्माण गरेको फिल्म लाई साम्तेन भुटियाले लेखेका हुन् । त्यस्तै फिल्ममा संजय लामाको छायांकन र मित्र डि. गुरुङको सम्पादन रहेको छ । फिल्मको नाम पहिले ‘बमकाजि’ राखिएको थियो तर पछि फिल्मको कथा अनुसार ‘मन्त्र’ राखिएको निर्देशक गुरुङले बताए ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया