आमा बनिन् कल्की कोचलिन

बलिवुड अभिनेत्री कल्की कोचलिन आमा बनेकी छिन् । उनले फेब्रुअरी ७ मा एक छोरी लाइ जन्म दिएकी हुन् । उनका ब्वायफ्रेन्ड गाय हर्शबर्ग बाट छोरी भएको हो । केहि समय अघि देखिनै उनले बेबी बंप सहितको आफ्नो तस्विर हरु सामाजिक संजालहरुमा पोष्ट गरेकी थिइन । उनले छोरीलाइ जन्म दिएको खबर पनि सामाजिक संजालबाट नै आएको हो । कल्की र गायले पहिलेनै बच्चाको नाम पनि सोचिसकेको बताएका थिए जुन नाम छोरा र छोरी दुवैलाइ सुहाउने खालको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कल्कीले सन् २०११ मा निर्देशक अनुराग कश्यप संग बिबाह गरेकी थिइन र सन् २०१५ मा उनीहरु अलग्गीएका थिए । अनुरागसंग हुंदा भने उनि बच्चा पाउने पक्षमा थिईनन ।