आशिष पोखरेलको ‘के गरौ भन’ (भिडियो)

नवगायक आशिष पोख्रेलले आफ्नो पहिलो म्युजिक भिडियो ‘के गरौ भन’ सार्वजनिक गरेका छन् । गीतमा शब्द र संगीत उमेश राज खड्काको रहेको छ । गीतलाई बिक्रम कार्कीले संगीत संयोजन गरेका हुन् । भिडियोमा आर्जु बैजु , आशिष पोख्रेल, बसन्त अधिकारी र देव राज सापकोटाको अभिनय रहेको छ । गीतको छायांकन संकल भुजेलले गरेका हुन् भने भिडियो सम्पादन राम चौधरीले गरेका हुन् । म्युजिक भिडियोमा मिलन बिकको कोरियोग्राफी रहेको छ । शिशिर खातीको निर्देशनमा भिडियो तयार भएको हो ।