‘सेल्फी किङ’ विवाद : सेटमै टेक्दीन भन्दै जंगिए निर्देशक ! (भिडियो सहित)

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘सेल्फी किंग’ को गीतको छायांकनको समयको एक भिडियो सार्वजनिक भएको छ।  उक्त भिडियोमा फिल्मका निर्माता दिनेश राउत, निर्देशक विशाल सापकोटा बीच झगडा परेको छ । साथै फिल्मको एक गीतमा देखिएकी केकी अधिकारीले आफुले पारिश्रमिक फिर्ता दिएर फिल्ममा काम नै नगर्ने बताएकी छन् । अपेक्षा गरिएको फिल्मले खासै राम्रो ब्यापार समेत गर्न सकेको छैन ।

भिडियोको सुरुमा विशालले रिसुट गर्ने भए बोलाउनु भन्दै गर्दा निर्माता दिनेश रिसाएर ‘कति रिस उठाएको तिमीले’ भन्दै टेबुलमा भएको थर्मसमा हिर्काउछन् । त्यस पछी निर्देशक विशाल ‘म दिनेश राउत प्रोडक्सनको फिल्मको सेटमा टेक्दै टेक्दीन’ भन्दै झर्किन्छन् । माहोल धेरै नै तातेको देखिन्छ ।

अभिनेत्री केकी अधिकारीले निर्माता निर्देशक नै ‘अन्प्रोफेसनल’ देखिएको भन्दै आफुले चेक फिर्ता दिएर फिल्ममा काम नै नगर्ने बताएकी छन् । ‘कलाकारको अगाडी यस्तो कुरा नगर्नुस पछाडी गएर जे गर्नु छ गर्नुस’ भन्दै उनी पनि जंगीएकी छन् ।

‘फिल्मको  निर्देशक म हो तपाइँ होइन’ भन्दै विशालले ‘मलाइ जे मन पर्छ त्यहि आउछ फिल्ममा, तपाइँको अनुसार आउदैन’ भन्छन् । अझ ‘मैले तपाइँलाइ उहिले नै भनेको हो’ भन्दै तपाइँले बनाइ रहेको जस्तो फिल्म खिच्न खोजेको होइन भन्छन् ।

उक्त भिडियो केकी अधिकारीलाइ प्र्यांक गर्ने क्रममा बनाइएको हो । प्र्यांक पछी केकी अधिकारी केहि समयको लागि रिसाएकी थिइन् ।

फिल्ममा अन्य मान्छेहरुलाई हसाएर मनोरंजन गराउने हास्य कलाकारको व्यक्तिगत जिबनको संघर्षको कथा प्रस्तुत गरिएको छ । फिल्ममा बिपिन कार्कीको साथ साथै लक्ष्मी बर्देवा, अभय बराल, भुवन चन्द, लोकमणि सापकोटा, जिबन भट्टराई, सबिन बास्तोला लगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ । दिनेश राउत र सुभाष थापाले निर्माण गरेको फिल्म लाइ बिशाल सापकोटाले निर्देशन गरेका हुन् । बिशाल सापकोटाकै लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन र जिबन थापाको सम्पादन रहेको छ ।

 

(सम्पादक : सच्याईएको)