९२ औ ओस्कारमा ‘प्यारासाइट’ उत्कृष्ट फिल्म घोषित

 

९२ औ ओस्कार अवार्डमा कोरियाली फिल्म ‘प्यारासाइट’ उत्कृष्ट फिल्म घोषित भएको छ । हलिवुडको डल्बि थिएटरमा आयोजित अवार्ड कार्यक्रममा कोरियाली निर्देशक बोंग जुन हो ले उत्कृष्ट निर्देशकको अवार्ड पनि पाएका छन् । ‘प्यारासाइट’ ले क्यान्स फिल्म फेस्टिभलमा पनि उत्कृष्ट फिल्मको अवार्ड हात पारेको थियो । त्यस्तै वाकिन फिनिक्सले ‘जोकर’ बाट उत्कृष्ट अभिनेता र रेने जेलवेजरले ‘जुडी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरे । त्यसैगरि ब्राड पिटले ‘वन्स अपअन अ टाइम इन हलिवुड’ बाट उत्कृष्ट सहअभिनेता, लाउरा डर्नले ‘म्यारिज स्टोरी’ बाट उत्कृष्ट सहअभिनेत्री, रोजर डिकिंसले ‘१९१७’ बाट उत्कृष्ट छायांकनको अवार्ड पाएका छन् ।

अवार्ड बिजेताहरुको पुरा सुची –

उत्कृष्ट फिल्म – ‘प्यारासाइट
उत्कृष्ट निर्देशक – बोंग जुन हो (प्यारासाइट)
उत्कृष्ट अभिनेता – वाकिन फिनिक्स (जोकर)
उत्कृष्ट अभिनेत्री – रेने जेलवेजर (जुडी)
उत्कृष्ट ओरिजिनल स्क्रिनप्ले – बोंग जुन हो र हान जिन (प्यारासाइट)
उत्कृष्ट एडप्टेड स्क्रिनप्ले – ताइका वाईतिती (जोजो र्याबिट)
उत्कृष्ट अन्तरराष्ट्रिय फिल्म – ‘प्यारासाइट‘ (दक्षिण कोरिया)
उत्कृष्ट सहअभिनेता – ब्राड पिट (वन्स अपअन अ टाइम इन हलिवुड)
उत्कृष्ट सहअभिनेत्री – लाउरा डर्न (म्यारिज स्टोरी)
उत्कृष्ट छायांकन – रोजर डिकिंस (१९१७)
उत्कृष्ट सम्पादन – एनड्रेउ बकल्याण्ड र माइकर म्यककुस्कर (फोर्ड भर्सेज फरारी)
उत्कृष्ट प्रोडक्सन डिजाइन – ‘वन्स अपअन अ टाइम इन हलिवुड
उत्कृष्ट भिज्युल इफेक्ट – ‘१९१७
उत्कृष्ट साउण्ड मिक्सिंग – ‘१९१७
उत्कृष्ट साउण्ड एडीटिंग – ‘फोर्ड भर्सेज फरारी
उत्कृष्ट कस्ट्युम डिजाइन – ज्याक्लिन डुरान (लिटल वुमिन)
उत्कृष्ट ओरिजिनल स्कोर – हिल्दुर गुडनाडोतिर (जोकर)
उत्कृष्ट गीत – सर एल्टन जोन र बर्नी ताउपिन (आइ एम गन) लभ मि अगेन (रकेटम्यान)
उत्कृष्ट मेकअप एण्ड हेयर – ‘बम्बशेल
उत्कृष्ट डकुमेट्री शर्ट फिचर – ‘लर्निङ्ग टु स्केटबोर्ड इन अ वारजोन (इफ यु आर अ गर्ल)’
उत्कृष्ट डकुमेट्री फिचर – ‘अमेरिकन फ्याक्टरी
उत्कृष्ट लाइभ एक्सन शर्ट – ‘दि नेबर्स विन्डो
उत्कृष्ट एनीमेटेड शर्ट फिल्म – ‘हेयर लभ
उत्कृष्ट एनीमेटेड फिचर फिल्म – ‘टोय स्टोरी ४