नेहा कक्कडको गीतमा नेपाली कलाकार रिश्ता

नेपाली कलाकार रिस्ता बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छन । चर्चित भारतीय गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतमा उनले अभिनय गर्न लागेकी हुन् । सिर्जना सुत्रबाट उक्त काम पाएकी बस्नेतले सामाजिक संजालमा एक स्टाटस सेयर गर्दै आफुलाई नेहाको गीतमा काम गर्न पाएकोमा खुसी लागेको बताएकी छन् ।

रिस्ताले उक्त गीतमा टिकटक स्टार मन्जुल कट्टरसँग स्क्रिन सेयर गर्ने भएकी हुन् । पुनित अवस्थीले संगीत भरेको गीतको भिडियोलाई नेपाली कोरियोग्राफर कमल राइले निर्देशन गर्दै छन । भिडियोमा पुरुसोत्तम प्रधानको छायांकन तथा बिपिन मल्लको सम्पादन रहने छ । भिडियोका निर्माता टिकुम शर्मा हुन् ।